आज साउन ०८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष- नयाँ योजना तथा व्यवसाय सुरु गर्न दिन अनुकूल छ । आर्थिक गतिविधिमा सुधार आउँदै आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ । अध्ययनमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्ने र रमाइलो यात्रा वा विशेष भेटघाटको अवसर प्राप्त हुन सक्छ ।

वृष- घर जग्गा, निर्माण तथा भौतिक सम्पत्तिसम्बन्धी काममा लाभ मिल्ने संकेत छ । व्यापार विस्तारका अवसर प्राप्त हुन सक्छन् । अध्ययनमा अपेक्षित सफलता हासिल गर्न निरन्तर मेहनत आवश्यक हुनेछ । सोचविचार गरेर लिएको निर्णय भविष्यका लागि लाभदायी बन्नेछ ।

मिथुन- अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता पाउन थप मेहनत आवश्यक पर्नेछ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने छ । आफन्त वा नजिकका व्यक्तिसँग सम्बन्धमा विश्वासको परीक्षा हुन सक्छ । धैर्यका साथ अघि बढे रोकिएका काम पूरा हुने सम्भावना छ ।

कर्कट- आवेग र हतारका कारण विवाद निम्तिन सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ । अध्ययन र व्यवसायमा अपेक्षाअनुसार परिणाम नआउन सक्छ । धैर्य, अनुशासन र सकारात्मक सोच कायम राख्दा चुनौती सहज रूपमा पार गर्न सकिनेछ ।

सिंह- प्रतिस्पर्धीमाथि सफलता प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा सुधार आउनेछ भने अध्ययन र पेशागत क्षेत्रमा राम्रो प्रगति हुनेछ । पुराना दायित्व पूरा गर्दै नयाँ योजनामा अघि बढ्ने अवसर मिल्नेछ । आत्मविश्वास बढ्ने दिन रहेको छ ।

कन्या- सिर्जनात्मक तथा बौद्धिक क्षमता बढ्नेछ । अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न निरन्तर प्रयास आवश्यक हुनेछ । व्यापारमा ठूलो लगानी गर्न हतार नगर्नु उचित हुनेछ । प्रेम सम्बन्धमा विश्वास र समझदारी अझ बलियो बन्नेछ ।

तुला- व्यापार तथा लगानीका लागि दिन निकै अनुकूल छ । अध्ययनमा उत्कृष्ट सफलता मिल्ने सम्भावना छ । कार्य क्षेत्रमा प्रतिष्ठा र नेतृत्व क्षमता बढ्नेछ । नयाँ अवसर प्राप्त हुने संकेत देखिएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोस् ।

वृश्चिक- स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ । अध्ययनमा अपेक्षित नतिजा प्राप्त गर्न केही कठिनाइ आउन सक्छ । आर्थिक पक्षमा सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ । धैर्य र संयमले भविष्यमा राम्रो परिणाम दिलाउनेछ ।

धनु- रोकिएका तथा अधुरा काम पूरा हुने सम्भावना छ । नयाँ योजना वा व्यवसाय सुरु गर्न समय अनुकूल छ । स्वास्थ्यमा ऊर्जा र उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा विद्यार्थीका लागि उपलब्धिमूलक दिन रहने संकेत छन् ।

मकर- कृषि, जग्गा तथा नगदे कारोबारसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ । विद्यार्थीले अध्ययनमा राम्रो सफलता प्राप्त गर्ने सम्भावना छ । मेहनतको उचित प्रतिफल मिल्ने भएकाले आत्मविश्वास बढ्नेछ । आर्थिक अवस्था पनि क्रमशस् मजबुत बन्दै जानेछ ।

कुम्भ- मन केही चञ्चल रहन सक्छ । नयाँ काम सुरु गर्ने वा लामो यात्रा गर्ने योजना भए सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ । धैर्य र संयम अपनाउँदा अनावश्यक समस्या टर्नेछ । कार्य क्षेत्रमा अनुशासन कायम राख्दा सफलता मिल्नेछ ।

मीन- दिनको सुरुवातमा स्वास्थ्यमा सामान्य असहजता महसुस हुन सक्छ । खर्च बढ्ने र सामान्य विवादको सम्भावना छ । दिनको उत्तरार्धमा आर्थिक तथा व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ । योजनाबद्ध रूपमा अघि बढे सकारात्मक परिणाम प्राप्त हुनेछ ।