प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा,को कहाँ ?
काठमाडौं। नेपाल प्रहरीका तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ।डीएसपीहरू मदनजीत महरा, सूर्य बहादुर बोगटी र ज्ञानबहादुर खड्काको सरुवा गरिएको हो ।
अख्तियारमा कार्यरत महरालाई प्रहरी वृत्त बौद्ध सरुवा गरिएको हो। बौद्धका डीएसपी सन्तोष रोक्कालाई भने जिल्ला प्रहरी परिसर,काठमाडौं तानिएको छ।
त्यस्तै, बोगटीलाई वडा प्रहरी कार्यालय बैदाम सरुवा गरिएको छ भने प्रहरी हेडक्वार्टरमा कार्यरत डीएसपी खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुर सरुवा गरिएको छ।
इन्सपेक्टर सरिता मगरलाई वडा प्रहरी कार्यालय, रामबजार कास्कीमा पठाइएको छ भने यशोदा घलेलाई प्रहरी प्रभाव बाँडेगाउँ–ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला–महोत्तरी, सुरेन्द्र विक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय, हरिवन–सर्लाही र दिपक खकुरेललाई इलाका प्रहरी कार्यालय गोलबजार– सिरहा सरुवा गरिएको छ।
