उद्योगी प्रकाश मुन्दडाको घरमा छापा

काठमाडौं। मोरङ प्रहरीले विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा छापा मारेको छ। अवैध हुण्डी कारोबारसँग सम्बन्धित रकम लुकाएर राखिएको आशंकामा प्रहरीले बिहान विराटनगर–७ गोल्छाचोकस्थित उनको निवासमा घेरा हालेर खानतलासी गरेको बताइन्छ ।

विराटनगरका प्रतिष्ठित औद्योगिक घराना प्रकाश मुन्दडा ग्रुपका प्रमुख तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष हुन्। प्रहरीले खानतलासीका क्रममा के–कस्ता सामग्री वा रकम बरामद भएको भन्ने विवरण भने सार्वजनिक गरेको छैन।

स्रोतले मुन्दडा ग्रुप लामो समयदेखि अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको जनाएको छ।