सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई सय रुपैयाँले घटेर दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला ४३८० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ३ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७५५ रुपैयाँ कायम भएको छ।