आन्दोलनको छैठौं दिन नर्सहरूको प्रश्नः बालेन सरकार मौन किन ?

काठमाडौं। सरकारसँग सोमबार भएको वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलनरत नर्सहरूले मंगलबार पनि वीर अस्पताल परिसरमा आन्दोलनलाई निरन्तरता दिएका छन्।

आन्दोलन छैटौं दिनमा प्रवेश गर्दा सरकारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आन्दोलन यथावत राखेका हुन्। आन्दोलनरत नर्सहरूका अनुसार आफ्ना मागप्रति सरकार गम्भीर नदेखिएको र वार्ताबाट कुनै ठोस सहमति ननिस्किएकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको बताएका छन्।

सोमबार भएको वार्तामा माग सम्बोधनबारे स्पष्ट प्रतिबद्धता नआएपछि छलफल बिना निष्कर्ष टुंगिएको थियो। मंगलबार वीर अस्पताल परिसरमा भेला भएका नर्सहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।