सुनसरीमा गोली लागेका अर्का एक जनाको मृत्यु
काठमाडौं। सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनामा गोली लागी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
२२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
साउन १० गते कप्तानगञ्जमा भएको हिंसामा ओमप्रकाश मेहेता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। यस्तै सिरहामा गोलबजारमा भएको घटनामा गणेश यादवको मृत्यु भएको थियो।
सुनसरीका ३ र सिरहाका एक जना गरी यो घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
