पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई ललितपुरको कुसुन्ती (बागडोल) स्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा विद्युतीय अपराधसम्बन्धी कसुरमा उजुरी परेको जानकारी दिएको छ। सोही उजुरी तथा जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।