देउवा पक्षले दिएन गगन थापालाई सभापतिको मान्यता,भेलामा पुरानै हैसियतमा सम्बोधन
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा नेतृत्वको समितिलाई मान्यता दिन अस्वीकार गरेको छ।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको देउवा–शेखर पक्षधरको ‘राष्ट्रिय भेला’ मा विशेष महाधिवेशनबाट आएको समितिलाई पूर्णतः उपेक्षा गर्दै कार्यक्रमको सुरुवात, सम्बोधन र शपथ ग्रहणका क्रममा पदाधिकारी तथा सदस्यहरूलाई १४ औँ महाधिवेशनबाट निर्वाचित पद र हैसियतअनुसार नै सम्बोधन गरिएको छ।
कार्यक्रमको सुरुवात, सम्बोधन र शपथ ग्रहणका क्रममा पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको नभई १४ औँ महाधिवेशनबाट निर्वाचित पद र हैसियतअनुसार नै सम्बोधन गरिएको छ।
