सिद्धार्थ राजमार्ग पहिरोका कारण पूर्णरुपमा अवरुद्ध

पाल्पा। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
बुधबार बिहान करिब ७ः३५ बजे सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
सडक माथिबाट निरन्तर पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउने काम सुरु गर्न सकिएको छैन। पहिरो रोकिएपछि सडक खुलाउने कार्य सुरु गरिने उनले बताए।
घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि०को कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटिएको छ।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवागमन प्रभावित भएको छ।
