सुनचाँदीको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले घटेर तीन लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य १६० रुपैयाँले घटेर प्रतितोला ४५९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६० हजार ७ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९३९.५ रुपैयाँ कायम भएको छ ।