सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

काठमाडौं। कपिलवस्तुको वाणगंगा नगरपालिका–९, जिनुवास्थित कालिका सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा बन्दुक रहेको सूचनाका आधारमा खटिएको टोलीले ५ नाल भरुवा बन्दुक फेला पारेको हो।

बरामद गरिएका बन्दुकमध्ये ३ नाल साबुत अवस्थामा रहेका छन् भने २ नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।