सशस्त्रका ९ जवानलाई सेवाबाट हटाउने तयारी

काठमाडौं । सशस्त्र प्रहरीले नौ जना शसस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै नेपालका विभिन्न ईकाइबाट बिदा तथा आफूखुसी व्यारेक छाडेर हिँडेका जवानहरूलाई सेवाबाट हटाउने तयारी गरेको हो।

सूचना प्रकाशित भएको मितिले एक साताभित्र गैर हाजिर हुनुको मनासिक कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न पनि सम्बन्धित सशस्त्र प्रहरी जवानलाई कार्यालयले अनुरोध गरेको छ।

‘अन्यथा तपाईँहरूउपर सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधनसहित) बमोजिम कारबाही भई जाने छ,’ सूचनामा भनिएको छ।