आज सुनचाँदीको मूल्य बढ्यो कतिमा हुँदैछ कारोबार
काठमाडौं ।नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
