अनलाइन जुवा खेलाउने ३ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्नेरगराउने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौँको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका-२१ को निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका-११ हिरापुरा घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने २५ वर्षीय निशान गौतम छन् ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।