कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं। कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।
