सदनमा विपक्षी दल सुस्त हुँदा प्रचण्ड र ओलीलाई मस्त

नेकपा एमालेका कार्यकर्तामा विगतदेखि नै एउटा भ्रम छ। त्यो हो पार्टी अध्यक्ष केपी शर्मा ओली राजनीति परिवर्तनका क्रममा १४ वर्ष जेल बसेको छ। यो कुरा एमालेका कार्यकर्ताहरुले सडकदेखि सदनसम्म राखे। यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त १० वर्ष जनयुद्धको कमाण्डर।

उनलाई उनका कार्यकर्ताले जननेताको ‘ट्याग’ दिएका छन्। तर, मेडिकल माफियाले एमालेका कार्यकर्ताको आँखा खोलिदिए । उनले सार्वजनिक कार्यक्रममा ओली राजनीतिक परिवर्तनका क्रममा नभई आफ्नो हजुरबुवा मारेर १४ वर्ष जेल बसेको बताएका छन् । माओवादीका अध्यक्ष प्रचण्ड आफूलाई सर्वहारा वर्गको नेता भन्छन्।

उनी देशको वर्तमान प्रधानमन्त्री हुन् । हिजो जे मुद्दा बोकेर माओवादीले हतियार उठाएको थियो, त्यो बिर्सियो । माओवादी पनि शौखमै रमायो । अहिले प्रचण्डले ७८ लाखको घडी हातमा बाँधेको विषय निकै नै चर्चामा छ । प्रचण्डसहित उनको सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरियो ।

तर, उनले सो घडीबारे उल्लेख गरेनन्। त्यत्रो घडी बाँधेको सार्वजनिक भएपछि आम सर्वसाधारणको मनमा ज्वाला बलेको छ। प्रचण्डले जनताका लागि नभई आफ्नो लागि जनयुद्ध गरेको भन्दै सर्वसाधारणले असन्तुष्टि पोखिरहेका छन्। प्रचण्डले जति आफ्नो सम्पत्ति देखाए, त्योभन्दा बढी होला।

यद्यपि, उनले सबै देखाएनन् । उनको भाटभटेनीमा लगानी भएको चर्चा यतिबेला बजारमा व्यापक चलेको छ । त्यस्तै, अन्य ठूल्ठूला व्यवसायीले पनि उनको पैसा चलाएको सर्वसाधारणको भनाइ छ । विदेशी बैंकमा पनि उनले लगेर पैसा राखेको गाइगुइ छ । पछिल्लो समय नेताहरु व्यक्तिगत स्वार्थमा रमाएका छन्।

आफ्नो सात पुस्तालाई पुग्नेगरी नेताहरुले सम्पत्ति जोडेका छन् । अहिले गिरीबन्धु टी स्टेटको जग्गा निकै चर्चामा छ । त्यहाँको जग्गा व्यक्तिको नाममा लैजाने ओली सरकार हो । २०७८ वैशाख ७ र वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले सो जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गरेको खुलेको छ ।

यता, प्रचण्डले पनि एउटा सार्वजनिक कार्यक्रममा जनयुद्धमा मरेका १७ हजारमध्ये पाँच हजार आफूले जिम्मा लिने बताएका छन् । नेताहरुको न काम गराई ठीक छ न बोलाइ । जसले गर्दा कार्यकर्तालाई नै आफ्नो नेतापट्ट वितृष्ण जाग्दै गएको छ । जुनसुकै अपराध गरेपनि राजनीतिको नाम दिएका छन् ।

जसले गर्दा माओवादी र एमालेका कार्यकर्ताले पार्टी अध्यक्षको नामै लिन छोडेका छन् । ओली र प्रचण्ड कस्तो ? यो घामजस्तै छर्लङ्ग भएको छ। उनीहरुको कार्यकर्तासँग जनताको पनि आँखा खुल्यो । विपक्षी दलहरुको यसको आवाज सदनमा उठाउन सक्दैन् । ‘दुधको दुध, पानीको पानी’ हुनुपर्यो।

अहिले सर्वसाधारणमा अन्यौलता छ । के कारणले ओली जेल गए ? प्रचण्डको लाखौं पर्ने घडी कहाँबाट आयो ? यो त जनतामाझ ल्याउनुपर्यो । वास्तविकता जनतामा खुल्नुपर्छ । विपक्षीका सदनमा जाने निदाउने, सरकारी गाडी चढ्ने, तलबभत्ता लिने र लोगो भिर्ने काम मात्र गरिरहेका छन्।

के विषय उठाउने भन्ने नै थाहा छैन् । एउटा चर्चित उखान छ,‘भुक्ने कुकुरले टोक्दैन्, नभुक्नेले टोक्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीको हालत त्यस्तै छ। पार्टी सभापति रवि लामिछाने मुलुककै प्रमुख र महत्वपूर्ण मन्त्रालयमा छन् । उनले आएदेखि फाइल खोल्ने भनिरहेका छन् । तर, अहिले सम्म पनि खोलेका छैनन्।

यता, श्रममन्त्री डिपी अर्याल र शिक्षामन्त्री सुमना श्रेष्ठले भटाभट फाइल खोलिरहेका छन्। उनीहरु यो–त्यो फाइल खोल्न लागेको भनिरहँदैनन्। काम भएपछि देखाइदिन्छन्। लामिछानेले आएदेखि भटाभट फाइल खोलेको भए, अहिलेसम्म दर्जनौं जेल पुगिसक्थे। सरकारको धेरै सम्पत्ति सरकारकै नाममा आइसकेको हुन्थ्यो।

तर, उनलाई हावा गफ लगाउनबाहेक केही आउँदैन्। ओलीले सदनमा उभिएर आफ्नो सम्पत्ति सरकारको नाममा पास गरिदिएको बताएका छन्। उनले भनेका थिए,‘म र मेरो श्रीमती मरेपछि मेरो नाममा भएको चलअचल सम्पत्ति सरकारको हुन्छ। मैले सरकारको नाममा पास गरिदिसकेको छु।

जसले सरकारको सम्पत्तिमाथि त आँखा लगाउँछ, उसले आफ्नो सम्पत्ति छोड्छ ? गफ ल्याउने र जनताको आँखामा छारो हान्ने पनि हद हुन्छ नि। ओलीको तीन ठाउँमा घरजग्गा भएको सुनिन्छ। तेह्रथुम, झापा र भक्तपुरको बालकोट। अब यहाँमध्ये कहाँको घरजग्गा सरकारको नाममा पास गरिदिएको हो । यो खुलाइदिनुपर्यो।

जनतालाई झुक्काउने काम मात्र भइरहेको छ। मुखले यो गरे, त्यो गरे भन्ने तर कामले केही छैन्। यता, ओलीमाथि पनि विदेशी बैंकमा थुप्रै पैसा लुकाएको आरोप छ। तर, विपक्षी यो कुरा खोताल्न असफल देखिएको छ। झुठ बोलेर कोही वाहवाही बटुल्ने होडमा छन्, यद्यपि, विपक्षीलाई चासो छैन्।

अर्काको कुरा खोताल्दा आफ्नो कमीकमजोरी पनि बाहिर आउने होकि भन्ने डर विपक्षीमा छ । किन कि सत्तामा हुँदा सबैले भ्रष्टाचार गरेका छन्। कोही पनि दुधले नुहाएका छैनन्। यहाँ त घुस भन्नेबित्तिकै नेताहरुको तीन नेत्र खुल्छ । ‘मरिच केले चाउरी पर्छ, आफ्नै गन्धले’ भनेझैं अवस्था छ।

हिजो जसको झोला बोक्यो, आज उसैले मुख देखाउने ठाउँ छोडेको छैन्। पहिले यो पार्टी, त्यो पार्टी भनेर फुर्ती लगाउनेहरुको मुखमा बुझो लागेको छ । नेता यत्तिकै हुइँदैन्। नेता हुनलाई धेरै क्षमता चाहिन्छ। नेताले बोलेका हरेक कुरामा जनताको ध्यानमा राखिरहेका छन्। उनीहरुले बोल्दा धेरै ध्यान पुर्याउनुपर्छ।

नेताहरुले गरेको काम जनताले वर्षौसम्म बिर्सिदैनन्। काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्न खोजेको थियो । तर, एमालेका वडाध्यक्ष चिनीकाजी महर्जन र पूर्वमेयर विद्यासुन्दर शाक्यले काम गर्न दिएनन्। ओलीलाई कुरा लगाएर एमालेकै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठमार्फत पुर्न लगाए।

हाल त्यहाँ फुटपाथ विस्तारको काम रोकिएको छ। जसले गर्दा एमालेकै कार्यकर्ता रिसाएका छन्। त्यहाँ हिड्ने बालेनका समर्थक मात्र थिएनन्, एमालेका कार्यकर्ता पनि थिए । तर, सडकलाई पार्किङ्ग बनाएर खान पल्केकाहरुले त्यो देखेनन्। जसका कारण उनीहरुले विरोध गरे।

त्यसपछि ओलीले भने,‘भैंसीलाई चार खुट्टाले लात हान्न पाउँदा झिँगाले घमण्ड गर्छ।उनले आफूलाई भैंसी र बालेनलाई झिंगाको भनेका हुन्। को झिँगा, को भैसी अर्को चुनावमा स्पष्ट देखिनेछ। त्यसमा ओलीले घमण्ड गरिरहनुपर्ने नै छैन्। ओलीको कारणले अब आउने चुनावमा एमाले नङगिन्छ।

प्रतिनिधि तथा प्रदेश सभादेखि स्थानीय तहको निर्वाचनमा एमालेले ठूलो भुक्तान गर्नेछ। जनताबाट शक्तिशाली कोही छैनन्। पार्टीले टिकट देला तर जनताले भोट नदिए के काम ? अध्यक्षको घमण्ड, अहंकारले गर्दा एमाले र माओवादी सकिँदैछ। पदमा पुगेका उनीहरु आफूले जे गर्दा पनि हुने,जे बोल्दा पनि हुने सोच्छन्।

जसले गर्दा पार्टीमा धेरै योगदान दिएकाहरु निराश भएका छन्। सत्तामा रहेको एमाले र माओवादीलाई काम गर्नतर्फ मतलब छैन्। दिन कटाउने र माना पचाउने काम मात्र गरिरहेका छन्। उनीहरुलाई सत्ता भए पुग्यो। जनता र देश जाओस् भाडमा। यस्ता नेताबाट जनताले अपेक्षा गर्न केही बाँकी छ ?

सभामुख एमालेकै छन्। त्यसैले अन्य दलले बोलेको सुन्दै सुन्दैनन्। उनी सदनमा आफ्नो मात्र सांसद छन्जस्तो गर्छन्। विपक्षी दलका सांसदले जोडतोडका साथ कुरा उठाउन सकेका छैनन्। जसका कारण ओली र प्रचण्ड पेलेर जान खोज्छन्। माधव नेपाल प्रधानमन्त्रीको खोजीमा छन्।

प्रधानमन्त्री पाउँछु भनेर उनी यताउता दौडधुप गरिरहेका छन्। अब विपक्षी दलका सांसद तात्न जरुरी छ। देश र जनताको कुरा उठाऔं।