नारायणी नदी किनारमा दुई पुरुषको शव भेटियो
काठमाडाैं। गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीको किनारमा दुई पुरुषको शव भेटिएको छ। शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रुको भएको अनुमान गरिएको छ।
शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका– २९, सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर पर रहेको छ। प्रहरी घटनास्थलमा पुग्दैछ।
यसअघि आज बिहान भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा अर्को एक शव भेटिएको थियो। भारतीय नागरिक ऋषि पाल साहको शव मृतकका दाइले बुझेका छन्।
