समाजवादी मोर्चाको बैठक विप्लवको अध्यक्षतामा बस्दै

काठमाडौं। समाजवादी मोर्चाको बैठक आज बस्दैछ। आज अपरान्ह ४ बजे नेकपा एकीकत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।
साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ। समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।
यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन। जसपा नेपालले भने समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ।
मोर्चाको बैठकले आज महत्त्वपूर्ण विषयमा छलफल गरेर केही महत्त्वपूर्ण निर्णय लिने एक जना केन्द्रीय नेताले बताए।
