ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं। ताप्लेजुङको मैवाखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका भीमकुमारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए।
ट्याक्टरका चालक सोही स्थानका सनबहादुर तामाङ भने सकुशल छन्। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
