राराको सौन्दर्य पस्किएको ‘प्रेमगीत २’को गीत सार्बजनिक

नेपालको मुख्य पर्यटकिय गन्तब्य रारामा छायांकन गरिएको चलचित्र ‘प्रेमगीत २’ को गीत बिस्तारै बिस्तारै सार्बजनिक भएको छ।

जहाँ रारा तालको सौन्दर्य कैद छ। रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा प्रदीप खड्का र अश्लेषा ठकुरी चित्रित छन् ।

प्रदीप र अश्लेषाको रसायन साटिएको गीतमा रोहितले रक र नेपाली फोक जानरा मिश्रण गरेका छन्। पुरुषोत्तम प्रधानले रारा ब्युटीलाई फ्रेमिङ गरेका छन् । साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन्।

ओम गुरुङ सहनिर्माता हुन्। यसअघि शीर्ष गीत रिलिज गरेको फिल्मको यो दोस्रो रिलिज गीत हो। आँशुसेन फिल्मसको ब्यानरमा प्रोजेक्ट बनेको हो ।

यस गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास निर्माता सेनले लिए। ‘हामी आफ्नै प्रकृति र लोकेसनलाई विश्वमाझ चिनाउन चाहन्छौं’ उनले भने, ‘यस गीतले हाम्रो सामाजिक दायित्वलाई पनि चित्रण गर्छ ।’

सन्तोष सेनले दीपेन्द्र सरकार नामक चलचित्र बनाउने घोषणा गरेका छन्। दरबार हत्याकाण्ड र दीपेन्द्र–देब्यानीबीचको प्रेम कथामा आधारित चलचित्र बनाउन लागिएको सेनले बताए।