सर्वोकृष्ट

कविता

मन कुमार बल, सुनसरी हाल ः दक्षिण कोरीया

सुनेको छु, महासागरको गहीराई
मेरो सगरमाथाको उचाई भन्दा पनि
अधिक हुन्छ रे
तर दुर्भाग्य
मलाई के थाहा
अहीले सम्म मैले
मेरो आफ्नै हातले
मेरै
सगरमाथाको उचाई
नाप्न सकेको छैन

 

पेरीस टावर हुँदै
टुईन टावर

वर्ज खलीफा सम्म
ठडीएको दुनियामा
मेरो आफ्नै
धरहरा

काठमाण्डौ भ्यू टावर
मैले आफैं
ठड्याउन सकेको छैन

 

नारीले घरको चौघेरामा
बाधिने देशमा
गिनीज बुकमा
नाम लेखाउदै
पाई सकी
(सोफीया)ले
आफ्नो नागरिक्ता
तर
मेरो आफ्नै
मैच्यङहरूले
खै कुन्नि कहीले
पाऊँछन्
अदृष्य टेन्डरवलाहरूलाई
सोध्न भ्याको
छैन मैले

 

पशुपतिमा भट्ट
ताम्सालिङमा सापकोटा
लुम्विनीमा भटराईहरूको
हालीमुहाली चल्दा र चलाई रहंदा
अनि
देश भर देउवा,दाहाल तथा ओली र भट्टराईहरूको
नीर्लज्ज नाटक मञ्चन
भईरहंदा
समानता र समावेसीको
झ्याली पिट्दै गर्व गर्न नछोड्ने

कहीले
हुन सक्छु
आफैं
सर्वै सर्वा ?

 

कीम जोङ देखि
ईम्मानुयल म्याक्रो हुदै
सेवष्टीयन कुर्जहरू
उदाई रहदा
अस्ताउन लागेका
असी वर्षे
नौजवान नेताहरूको पछि लाग्दै
झिंगा धपाउन

स्याहार गर्दैमा
गर्व गरी रहन्छु भने
दोष अरूलाई थोपरेर
चोखीन सक्छु कसरी
म !

 

दश जनाको
ज्यान बचाउन
एक जनालाई
मृत्युदन्ड दिऊ भन्दा
मानव अधिकार
हननको मुद्दा चलाएर
(शहीद)
फलाई रहने
देशको नागरिक हुँ
म !

 

त्यसैले त्यसैले
आफैले आफ्नो
निर्दोष सन्तानलाई
देह त्यग गराउन
माहीर छु !
तै पनि निस्शर्त उन्मुक्ति छ
मेरो लागी
त्यसैले त
संसारको सर्वोकृष्ट छ
मेरो संविधान

मेरो स्वतन्त्रता !