गजल/सबै फिक्का छन् ……
सुशान्त सुवेदी

सबै फिक्का छन् तिमी बिना
स्थिर भएन मन तिमी बिना
महलको आशमा धन कमाईयो
धन रहेन धन तिमी बिना
बिर्सन सबै बिर्सन खोजको
झस्किन्छु झन झन तिमी बिना
सपना सपनामै सीमित भए
गुमाएँ आफ्नोपन तिमी बिना
सदैव पागल जस्तै भएको छु
धमिलो भो जीवन तिमी बिना