डाक्टर साप भन्नु हुन्छ दारु र मासुको सट्टा कागती र सर्वत पिउनुहोस ज्याललाई राम्रो लाग्ने छ

काठमाडाै।अहिले नेपालीहरू आफ्नो महान चाड दशैंको रौनकमा रमाइरहेका छन् । दशैंमा आफन्तसँग जमघट र रमाइलोसँगै विशेष परिकारको रूपमा मासु खाने चलन पनि छ ।

मासुलाई सही तरिकाले खाने हो भने स्वास्थ्यका लागि लाभदायक पनि छ । दशैंको समयमा आफन्तसँग जमघट र परिवारको करकापले पनि आफ्नो शरीरलाई चाहिनेभन्दा बढी नै मासु खाइरहेका हुन्छौं ।

 

हामी नेपाली यति लापर्वाह छौं कि पाएपछि टन्नै खाइदिन्छौं । पचाउन कति गाह्रो पर्छ भन्ने सोच्दैनौं । कतिपयले मासुसँग रक्सी पनि खाने गर्छन् ।
तर चिकित्सकहरू भने मासु धेरै खाँदा त्यसलाई पचाउन सहयोग गर्ने खालका खानेकुरा खनुपर्ने सुझाव दिन्छन् ।

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार शरीरलाई स्वस्थ राख्नका लागि मासुसँग अन्य परिकार पनि खानुपर्ने हुन्छ ।
मासुसँगै मासुजति नै सलाद तथा फलफूल पनि खानुपर्ने डा। रेग्मीको सुझाव छ ।

‘दशैंको समयमा मासुजति नै फलफूल र सलाद पनि खानुपनर्छ । घरमै पाइने दही मोही, अमिलो, आफ्नै बारीमा पाइने अम्मा, हलुवाबेदलगायतका फलफूल खानुपर्छ,’ उनले भने ।

दशैंमा मासुसँग मदिरा होइन कागती पानीको सर्बत ,

कतिपयले दशैंमा मासुसँग मदिरा सेवन गर्ने गर्छन् । मदिरा सेवनले स्वास्थ्यलाई हानी गर्ने विभिन्न अध्यायनले देखाएको छ ।

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मी मासुको साथमा रक्सीको सट्टामा काजती पानी खानुपर्ने बताउँछन् ।

‘मासुको साथमा रक्सी खाने नेपालीको चलन छ, नयाँ अनुसन्धानले थोरै रक्सीले पनि असर गर्छ भनेर देखाएको छ, त्यसैले मासुसँग रक्सी नखाऔं,’ डा। रेग्मी भन्छन्, ‘रक्सीको सट्टामा मासुसँग कागती पानीको सर्बत बनाएर खाऔं, त्यसले खाएको पनि पचाउँछ र आनन्द पनि आउँछ ।’

डा। रेग्मीले बजारमा पाइने कोकाकोला, फेन्टा लगायतका पेय पदार्थ र जंक फूड खान नहुने बताए ।

दशैंलाई मासुको परिकार खाने विशेष चाड भनिए पनि मासु नखानेहरूले मासुको विकल्पमा प्रशस्त भिटामिन र प्रोटिनयुक्त खाना तथा फलफूल पनि खान सकिन्छ ।मासु शरीरलाई चाहिने आहार हो, तर मासुविना पनि बाँच्न र स्वास्थ्य रहन सकिने डा। रेग्मी बताउँछन् ।