ट्रंप र किमको विफल शिखर वार्ता पछि उत्तर कोरीयाले गर्यो नयाँ हतियारको सफल परिक्षण

 एजेन्सी । उत्तर कोरीयाले अमेरीकासँग परमाणु वार्ता लाई लिएर दबाब बनाउन शुरु गरेको छ । यही विच उसले विहिवार एक नयाँ हतियारको परीक्षण गर्यो र फेरी अमेरीकी विदेश मन्त्रि माइक पोंपियालाई वार्ताबाट हटाउन माग गर्यो । उत्तर कोरीयाले भनेको छ कि उ पोंपियोसँग अब वार्ता गर्न चाहदैन । यदि वार्ता टोलीमा पोंपियो सहभागी भएमा फेरी वार्ता विफल हुनेछ । यही कारण उसको ठाउँमा कुनै परिपक्क ब्यक्तिलाई नियुक्त गर्न उसले दबाब दिएको छ । गत फेब्रुवरीमा ट्रंप र किम को विफल भएको वार्ता पछि उत्तर कोरियाको यो पहिलो हतियार परिक्षण हो ।

 

 

उत्तर कोरीयाको सरकारी न्यूज एजेन्सि केसीएनएको अनुसार, किम जोंगको निगरानीमा उत्तर कोरीयाले एक नयाँ गाइडेड हतियारको परिक्षण गरेको छ ।

 

 

केसएनएले नयाँ हतियारको बारेमा धेरै विवरण दिएको छैन, तर भनेको छ कि सामरिक दृष्टिकोणबाट यो शक्तिशाली हतियार हो । मानिएको छ कि नयाँ तरिकाको यो हतियार मध्यम वा लामो दुरीको ब्यालिष्टिक मिसाइल हुन सक्दैन किनभने यसले अमेरीकासँग फेरी हुने वार्ता शुरु गर्ने प्रयासमा झट्का लाग्न सक्छ ।

 

 

यो परिक्षणको केही घण्टापछि नै केसीएनएले विदेश मन्त्रालयका वरिष्ठ अधिकारी क्वोन जोंग गन लाई हवाला दिदै भने “यदि अमेरीकाले त्यो मुख्य कारणलाई हटाउदैन भने जसबाट उत्तर कोरिया परमाणु हतियार विकास गर्नको लागी वाध्य हुनेछ, तब कुनै पनि ब्यक्ति कोरियाली प्रायद्धिपको स्थितिको बारेमा अनुमान लगाउन सक्नेछैन । मलाई यो डर छ कि यदि पोंपियोसँग फेरी वार्ता भएमा यो फेरी विफल हुनेछ । यदि अमेरीकासँग फेरी वार्ता शुरु भएमा त्यो कुरामा मेरो इच्छा छ कि हाम्रो वार्ता पोंपियोसँग नहोस् ।

 

 

उत्तर कोरीयाका सर्वोच्च नेता किम जोंग उन र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रप विच गएको फेब्रवरीमा भियतनाममा दोसो शिखर वार्ता भएको थियो । यो वार्ता विना निष्कर्ष समाप्त भएको थियो । ट्रंप र किमको पहिलो शिखर वार्ता गएको जुनमा सिंगापुरमा भएको थियो । यी वार्ताहरुको तयारीको सिलसिलामा पोंपियो र उत्तर कोरीयाका अधिकारीहरु विच कैयो दौडधुप भएको थियो ।