कृषि विकास बैंक ठगी प्रकरण स् मन्त्रीलाई उच्च अदालतमा उपस्थित हुन आदेश

काठमाडौं, साउन २९ । उच्च अदालत पाटनले किर्ते बैंक ग्यारेन्टी बनाएर बैंकलाई आर्थिक हानि पु(याई नोक्सानी हुने काम गरेको ठहर गर्दै कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

 

अदालतले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई अदालतमा उपस्थित गर्न सोमबार आदेश जारी गरेको हो ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सो आदेश जारी गरेको उच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए । कृषि विकास बैंक मुख्य कार्यालयका कामु शाखा प्रबन्धक गोकुलप्रसाद पनेरुले छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीलाई विपक्षी बनाएर दायर गरेको रिटमा सो आदेश जारी गरेको हो ।

 

उनीहरूले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि १० जुन २०१६ मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ३० हजार रुपैयाँ बराबरको नक्कली झुठो किर्ते बैंक ग्यारेन्टीपत्र तयार गरी सोही झुठो किर्ते बैंक ग्यारेन्टीका आधारमा बैंकलाई आर्थिक हानि–नोक्सानी पु¥याएका थिए । राजधानी दैनिकमा खबर छ।