सिंह दरवारकन रैवार

जे. के. न्यौपाने

करिव छ शय बर्ख दै राजधानी भई पुरबमा नेपाल र प्िरश्चममा कुमाउ गढवाल सुम्म चकचकी अयाको म सिजा देशको लामाथाडा दरवारको तरफबाटी जदौ ।
म कन गोरखा देशका फौजले थिलो थिलो अया । मेरो रुपकन कुरुप बनाया । मेरा वरिपोरिका मठ मन्दिर, देउताका थान धारो पाटी पौवा बस्न्या ओटाला छिया ती सबैको विनास अरि दिया । मेरा चाकरी अन्न्या मेरा दरवारियाअरुकन बिजया दशैका दिन चादामा दैचामल लाउदा लाउर्दै पातकी गोरखाली फौजले खुडा खुकुरीले हान्दा मस्तै भारदारकाृे रक्तको कुलो बगी मेरा देशको हिमा नदी रातै भयो । गोरखाली फौज मस्तै पापी रहयाछन् । तिनुअरुसुत मन रहयोनछ । मेरा दरवारका लोट, पुईसा घर घहना लुटिकन लिया । त्यैवेला बाटी गोरखाली फौज र कर्मचारी म कन लुट्न मात्तै आउदा छन् । लुटी लुटी मेरो रुप कुरुप भैगयो । मेरा दरवारका दारपाथर न्यापुणाका जुन्ताले वाली वाली सकिअल्या । निनुले पुिन पछि चाहिएला भुनि रायानन् । म झुरिया र केई रईन । अहिले मेरो दरवारको ढुंगा भित्त सास मात्तै रहयाको छ ।
कठै, सिंह दरवारअ  तो त मोटाई चत्थर पढ्याको होलाई । तेरो चकचकी मस्तै छ अरे । सारा नेपाल भरिका पुईसा, विकासका योजना, विदेशी कुटनैतिक नियोग, ठूला ठूला भुणी भयाका मुन्तरी, राम्णी राम्णी देउताकी जोई जस्ती छोट्टी तेरा मुठ्ठी भित्त होलानन् । म न्या खाली ढुंगाको अवशेष मात्तै छौं । अहिले म कन को वास्ता अन्न्या छिया । उहि धाट गयाको मणो भयाको छौं । तो पुनि दरबार होई म पुनि प्रख्यात दरवार होउ, तेरो तेत्तो फुत्ति मेरो यस्तो हालत । कठअ, अहिले तो व्याईत्या पट्टीको छई र म ल्याईत्या पट्टीको भया ।
पुन्चनयतका पाला राजा मिहिन्नकन नापा राम्णो हरि आयो छ र मेरा वरिपोरि खोजी अन्नका विअ कोछ्या जिगेलो र घरबुनाको टोपी लाउन्या सत्य मोहन जाशी बड्डा सुत केही मान्ठ पठायाका छिया । उनु अरुले मेरो रुप रंग काग्तउनी लेख्या र एक किताव निकाल्याका छन् अरे तर त्यो किताव न्या आयाको नाई । उई पोरी खलंगा होला । त्यै पुनि आफुकन विश्व सर्वहाराका नाइक्या, प्रगतिशील र क्रन्तिकारी भन्न्या  ट्वाटईले खलंगा पोल्या वेला पोली गयो होला । पहिला पहिला न्या का सबै जातिका जुन्ता मेरा खुब सेवा अद्दा छिया । वाहुन जातिका मन्ठ मेरा वरिपोरी धुमी धुमी नित्या पूजा अद्दा छिया तर आज वेली मेरो विख मरया पछि ती वाहुनअरु त्यै सिहं दरवार वरिपोरी कुम्लो कुटिरो बोकी व्यापार अन्न पस्या । अद्द म कन छोडी मलहर वस्ती वाईगया । मेरा वरिपोरी मान्ठले हक्न्या मुत्न्या बनाएका छन् । छोणुवा छ । मेरा धलपुरा दरवार र कोटअरु कालिकोटको मान्म, मेहेलमडी,अछामको बान्नी, डोल्पाका त्रिपुरा, मुगुको गम र हुम्लाको दार्म आदि पुनि संरक्षण विना ओद्दि गया । त्या बाट आयाका गोरखाली कर्मचारी तलव पकाउदा मात्तै छन् मेरो रेखदेख अद्दैनन् ।
अब सिंह दरवारअ, तोईले मेरा दुःख राम्रणी सुनेई । तेरो चुणी फुणी मस्तै छ । बाह् बर्ख पछि पुनि खोलो फर्किन्छ अरे तर यत्तो बर्ख हुदा पुनि फर्किएन । अब मैले मेरो अस्तित्वको खोजी अद्दै छौ । तेरो र मेरो पावर एकै हो । तो त्यति ठूलो म भन्या यति नानु । अब म मस्तै सहदैन । खुरुक्कै म र मेरा जुल्ला देशका जुन्ताकन अधिकार सहित क्षतिपुर्ती चाहियो । मेरो सुन्दर रुपकन कुरुप बुनाउन्या पातकीकन म कां छोडुला । मेरा वोरिपोरीका प्रकृतिका छटाअरु रारा दह, खलंगा उपत्याका, छाया नाथ, ऋण मोक्ष, चंखिली लेक, तातोपानीको धारा,मान सरोवर, कान्जिरोवा, देउती गुफा(भात्तडी), पाचला झरना, गुठिचौणको पाटन, चुन्न नाथको, भैरव नाथ, हपल्लो डोल्पो, यार्सा गुम्वा,न्याका राता राता स्याउ तो कन सराप्दै छन् । तो कन गमलाका फुलले सुगन्ध दियाका हालान् तर म कन यी सबैले सुगन्ध दियाका छन् । यदि मेरा कुणा तोईले सुनिनस भन्या तेरा गोरखाली कर्मचारीकन म पुनि न्या घाट्ना लगाई आउन दिन्या नाई । अरु क्या लेखु तेरो चकचकी एक दिन ताडिन्या छ ।  हैके नाना भउअ ।

उही तेरो दुःखी
साथ्या सिंजा
दरवार