कर्णालीका देउडा
सुप्रिम कार्कि, मुगु

चौध ओटा अञ्चल मध्य पछाडी कर्नाली
नेपालमा सुहाउदो बनाउँ संघिय प्रनाली
हुम्ला, जुम्ला, मुगु, डोल्पा अर्को कालिकोट
राज्यले नबुझ्न्या भयो कर्नालीका चोट
हुम्लाको सिमिकोट राम्रो, कालिकोट मान्मा
सौतेनी ब्यवहार हुँदा रोएको छ आत्मा
जुम्लाको खलङ्गा त्यस्तै मुगुको गमगढी
शोषक र सामन्ति मिलि गर्दैछन् मनपडि
आँसु झारी रुन्छ डोल्पा सदरमुकाम दुनै
कर्नाली पछाडी प¥यो विकास नहुँदै
राराताल, से–फोक्सुन्डो जुम्ला तातोपानी
अघि बढाउँ कर्नालीलाई सब्ले दया मानी
चन्द्रनाथ, भैरबनाथ, कालिका मालिका
रुँदैछन् वेदना पोख्दै गरिब बालबालिका
चंखेली र खेस्मे हिमाल सैपालका किल्ला
भन्ने गर्छन् वयोबृद्ध, सुख कहाँ मिल्ला
ऋणमोक्ष, छायानाथ मुगु जिल्ला पर्छन्
बिरामी उपचार नपाई अकालैमा मर्छन्
कि कानुन लागु होइजाउ कि कानुन जलिजाउ
कर्नालीको विकास गर्न शु–शासन चलिजाउ
तिला र कर्नाली नदि खेर गयौं भन्छन्
उब्जनी गरेर खान्छन् आफ्नै माटो खन्छन्
तेल हालेर कोई नसुतौं कर्नालीका नेता
गरिब र निमुखा भन्छन् हेर् काठ्मान्डु यता
सभ्यता बोकेको पनि आफ्नै बोली भाका
फुटिजान्ना कर्नालीतिर सर्कारका आँखा
अखण्ड कर्नाली राज्य चाइयो भन्छन् सारा
ठुल्ठुला द्रबार्मा बस्र्छन् सबै गरिबमारा
सुन्ने बुझ्ने कोइ पनि नाइ धेरैछन् वेदना
आर्यघाटमा लिनाजसो सरकार्को चेतना
भाषा र संस्कृति पैदा कर्नालीले ग¥यो
बुझ्नु प¥यो यो राज्यले किन पछि प¥यो
सुखमा रमाउनेहरु नेपालमा धेरैछन्
भन्ने गर्छ कर्नालीले दुर्दशा मेरैछन्
संविधान नबन्दाखेरि धेरै दुःख पाउँछन्
रोज्गारि नपाउँदाखेरि भारत्तिर धाउँछन्
स्वार्थका पारखी भए नेपालका पार्टी
कसोगरि जीवन विताउँ भन्छन् लाटालाटी
उठ्नुछ कर्नालीवासी अब भयो अति
राज्यको ध्यानकेन्द्रित गर्दे देउता पशुपति
बाटो–घाटो केहि छैन, छैन स्वास्थ्य, शिक्षा
पुरा गर्देउ सबै मिली कर्नालीका इच्छा
मध्यपश्चिम, सुदूरपश्चिम सरकारका हेला
सर्कार्को जवाफ चाइयो विकास कोले देला
हामी सबै मिलौं–जुलौं हसाउन रारालाई
सन्देश मैले दिन खोजें नेपाली सारालाई
नयाँ नेपाल बन्नसक्छ, सबै जुटेपछि
असम्भव क्यै पनि छैन एक् भै उठेपछि ।