जुम्लीदिदीलाई हुम्ली बहिनीको चिठी

आदरणीय दिदी
नमस्कार ।
प्रथमतः चन्दननाथ र भैरवनाथको पूण्यभूमि, डा“फे र चिमारामालिकाको काखमा रहेको तिलानदीको काली मार्सी फलाउने उर्वर फा“टमा आफ्नो परिचयलाई अरु सामु पस्कने हिसाबले जुम्ला महोत्सव २०६४ को आयोजना गरेकोमा हार्दिक प्रशंसा गर्दै बधाइ टक्¥याउ“छौं र हामीलाई पनि सहभागिताका लागि आमन्त्रण गरेकोमा आभार व्यक्त गर्दछौं । यसै अवसरमा महोत्सवले तिमी मार्फत् हामी पा“चै दिदीबहिनीहरुको पहिचान गराउन सफल होस् भन्ने मङ्गलमय कामना व्यक्त गर्न चाहन्छौं ।
हुन त गत वर्ष मुगुले पनि रारा महोत्सवको आयोजना गरेकी थिइन् तर हाम्रो प्रतिकूल परिस्थितिका कारण अपेक्षित सहभागिता दर्शाउन सकेनौं । यसका लागि हामी मुगुस“ग यथोचित याचना गर्दछौं । यसपटक तिमीले आयोजना गरेको महोत्सवमा भने अल्पसूचनामा संभाव्य ठहरेका आफ्ना सा“स्कृतिक कार्यक्रमका साथै खेलकूदका कार्यक्रम लिएर उपस्थित भएका छौं । यसका पछि आगामी वर्षमा हामी पनि कैलाश महोत्सवको आयोजना गरौंला र त्यसमा जसरी गतवर्ष रारा महोत्सवमा रहे भएका त्रुटिहरुलाई अहिले तिमीले दोहोरिन दिएनौ, त्यसैगरी हामीले पनि आगामी वर्षमा अहिले तिमीले आयोजना गर्दाका अनुभवहरुलाई साक्षी राखी अझ प्रभावकारी ढङ्गले आयोजना गरौंला भन्ने जस्ता सकारात्मक स्वार्थहरु पनि सन्निहित छन् । जे भएपनि कर्णालीका हामी ५ बहिनीहरुप्रति नेपाल आमाको दृष्टि सुधारका लागि यस्ता प्रयासहरु पक्कै पनि सहायकसिद्ध हुने नै छन्, यो हाम्रो धारणा हो ।
लोकतन्त्रको पूर्वक्षितिजमा ऊषाको लालीमा चढ्दै गर्दा चालुवर्षको पहिलो विहानीमा स्थलमार्गबाट आफ्नो धर्तीमा यातायात प्रवेश गराएर हामी सबै दिदीबहिनीमध्ये कालिकोट र तिमीले अग्रस्थान ओगट्न पुगेकाले संबोधनमै दिदी भनेर पुकारेका हौं । नत्र २०१८ सालमा स“गै जन्मेका हामीहरुबीचमा जेठो–कान्ठोका नातो लगाउन खासै लक्ष्मणरेखा कोर्नु पर्ने अवस्था छैन नै र थिएन नै । दिउ“सोको लक्षण बिहानीले नै दिन्छ भन्छन्, लोकतान्त्रिक अभ्यासका प्रारम्भिक पाइलामै तिमी यातायातको सञ्जालमा समेटियौ, अहिले त तिम्रा जहानहरुले पनि सुगम सरहकै सस्तोमा नभएपनि दैनिक दिन उपभोग्य वस्तुहरु राहत मूल्यमा प्रयोग गर्न सकेको सुनिन्छ । अब डोल्पा, मुगु र हामीकहा“ तिर पनि यस तर्फ सघन पाइला नचाली धरै छैन । वास्तवमा घरको विकास र जहानहरुलाई  सुविधाको उपलब्धी भनेको सोह«ैआना यातायातस“ग अनुक्रमानुपातिक हु“दो रहेछ । फेरि तिमी यो मानेमा पनि दिदी हौ कि – आपूmभित्र पनि सि“जा दरामा ‘ड्रिलिप’लाई, पानसय दरामा कृषि सडकलाई र चौधबिस दरामा आरसिआईडब्लुलाई बाटोहरु तयार पार्न लगाएर आफ्ना हरेक अङ्गप्रत्यङ्गमा सडक सञ्जाल तयार पारिसकेकी छौ । हाम्रा त कर्णाली कोरिडोरले समट्ने सेरीघाट–खुलालु–बाजुरा–हिल्साको त कुरै पर राखौं हिल्सा–सिमकोट सडकलाई सदरमुकामसम्म पु¥याउन पनि अझै धेरै समय लाग्ने अवस्था छ । उत्तरी भेकका पर्यटकीय आकर्षण – लिमीतिरका सर्वाेच्चमा रहेका हरित फा“टहरुलाई सबैको पहु“चको दायरामा ल्याउने प्रयास पनि ग्रेट हिमालयन ट्रेलका नाउ“मा प्रतिक्षित हुन पुगेको अवस्था छ एकातर्फ भने यातायातको निर्बैकल्पिक हवाइसेवालाई नियमित गर्ने सवालमा बल्ल–बल्ल यसवर्ष सिमकोटको हवाई मैदानलाई पीच गर्ने भनेर बजेट छुट्याएको सुन्नमा आएको छ । बरु तिमीले आयोजना गरेको यो महोत्सवमा पाल्नु भएको तत्सम्बन्धी सरोकारवाला विशिष्ट पाहुनाहरुसामु हामीले ती कार्यहरुलाई शीघ्रताका साथ सम्पादन गरिदिन हार्दिक अनुरोध गर्नुपर्ने चाहन्छौं, जसमा वहा“हरुको ध्यानाकर्षण पनि हुने नै छ ।
अर्को कुरा, तिमीले गत आर्थिक वर्ष २०६३÷६४ लाई जलविद्युत वर्षका रुपमा मनाएर केन्द्रकै ध्यानाकर्षण गराएको सुन्दा हामीलाई पनि जसरी हुन्छ, सिमकोटसम्म मात्रै भएपनि जलविद्युतको अनिवार्य व्यवस्थाका लागि सम्बन्धित निकायहरु÷व्यक्तित्वहरुलाई ध्यान पु¥याईदिन यसै अवसरको सदुपयोग गर्न मन लागेकोछ । कतै मैले थालेको यज्ञमा आएर यसले पो धर्म आर्जने भई ठानौली, के गर्दछौ दिदी भोलि नेपाल आमाले संघीयताको हिसाबले व्यवस्था गर्नभन्दा हामीलाई पनि तिमीस“गै अघि बढाउनु पर्ने दायित्व पनि तिम्रै त हुन्छ नि हैन र ? हुन पनि जलविद्युत नहु“दा हामीकहा“ एउटा छापाखानासम्म सञ्चालन गर्न सकिएको छैन, एक्काइसौं शताब्दीको सञ्चारे जमानामा एउटा एफ्.एम्. रेडियो पनि सञ्चालन गर्न सकिएको छैन, दिदी के भनौं र खै ? कम्प्यूटरको चा“जो मिलाएर के गर्नु पावर सप्लाइको अनियमितताले गर्दा ल्याउ“दाका भोलिपल्टै जस्तो बिग्रेर थन्किएका छन्, मरमत गर्न नेपालगञ्जमा लैजाऊ“ भने मरमत खर्चभन्दा ढुवानी भाडा बढी हुन्छ । सिमकोटैमा कुनै निजी क्षेत्रलाई प्रोत्साहन गरौं भने पनि घुम्दै फिर्दै उही विद्युत आपूर्तिको नियमितताको प्रसङ्ग आउ“दो रहेछ । अनि यहा“ मन नओकले कहा“को साहित् पर्खौं भन्ठानेर यसो गरेका हौं, अनर्थ नठाने ।
यसो पछि फर्केर हेर त † हामी बीचको हाम्रै धर्तिमा भएको भेटघाट पनि त पातलै छ । नेपालगञ्ज काठ्माण्डौतिरको भेटघाटमा अरु सम्पन्नहरुको उपस्थिति भएर पो हो कि यति विघ्न खुल्न पनि सङ्कोचै लाग्ने गर्दथ्यो । त्यसैले पनि यहा“ बढी बोलेको जस्तो ठानेकी हौली । के गर्दर्छौ र दिदी सुनमाथि बोरा ओच्छ्याएर सुतिरहेका जनताका रुपमा परिचित नेपालीमा हामी कर्णालीबासीहरु त नै बिनाको सुगन्ध खोज्न भौंतारिए जस्तो अवस्थामा रहको प्रतीत हुन्छ । कसलाई के थाहा ? हाम्रा पार्वतेश्वरले कालीगढी अज्माएका पहराहरुकाभित्र के कस्ता र कति प्रकारका खानीहरु विद्यमान होलान् ? दिदी प्रकृतिले अकुत सम्पदाहरुको भण्डार बनाईदिए पनि कृत्रिमताको ठगीमा पिल्सिएका हामी झण्डै एकै फूलवारीका फक्रन नसकेका पूmल जस्तै न भएका छौं । यस मानेमा अहिले तिमीले यो महोत्सवको आयोजना गरी हाम्रा प्राकृतिक वैभवहरुको, सा“स्कृतिक सम्पदाहरुको प्रदर्शन गराएर हाम्रो बारेमा निचमारेकाहरुलाई “ए केई त गर्नै पर्दछ” भन्ने मनमा भावना जगाउन सक्यौं भने निःसन्देह महोत्सवको सार्थकता आ“किने छ । यसर्थ पनि यहा“ उपस्थित पहुनाहरुमा हाम्रो यथार्थता पस्कनु हाम्रो दायित्व ठह¥याएका हौं ।
भीमसेनले सम्याउन नभ्याएको भूभागका रुपमा हामीलाई चित्रित गर्नेहरुका सामु हाम्रा पहराका ढुंगाखानीहरु, पहरालाई फोरेर निस्केका सिलाजीतहरु, केकानै जान्ने हौंं भन्नेहरुलाई समेत चुनौति दिने हाम्रा अथाह जडिबुटीहरु, कर्णाली÷भेरी÷तिला जस्ता अविरल बहेका जलस्रोतका अकुत भण्डारहरु पक्कै पनि कुनैदिन सिंही लगाउने बैभावका रुपमा विकसित हुनेछन्, त्यसैले समयलाई घर्कन दिइनु हु“दैन भन्ने सद्विचार नेपाल आमामा नै आएको छैन भन्न भने हामीलाई मन लागेको छैन । यस अर्थमा पनि नेपाल आमाका प्रतिनिधिका रुपमा हाम्रो आ“गनमा पाल्नुहुने समस्त अतिथिसामु स्वागतमा हार्दिकता र तथ्यमा तिक्तता पोख्नै पर्दछ भन्ने मान्यता हाम्रो हो । भनिन्छ रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ।
तिमीले त गतवर्ष हामीहरु मझ पनि लोप हुन लागेको खस भाषाको संरक्षणका लागि शब्दकोष बनाउने थालनी गरेकी छियौ रे अध्याय कहा“ पुग्यो ? प्रयास सफलताका लागि हार्दिक शुभेच्छा छ । त्यो पनि हामी कर्णालीबासीको भाषिक स“स्कृतिको अनुपम निधि हुनेछ । योजनाको फा“टमा पनि राजनैतिक अगुवाहरुको सक्रियतामा नया“पन ल्याएकी छियौ रे, कार्यान्वयन पनि ठीक ठह¥यो कि तर्जुमा मात्रै हो, प्राप्त अनुभव आदानप्रदान गर्ने नै छौ । प्राङ्गारिक कृषि प्रणालीको थालनी पनि कस्तो रह्यो ? हुन त एकहातले ताली पनि बज्दैन, तर्जुमाको हत्केलामा कार्यान्वयनले धक्का दिन सकेमात्र विकासको प्रतिफल रुपी तालीको आवाज गुञ्जने होला । अनुभवको सेयरिङ् गर्न कञ्जुस्याईं नगरे ।
हुन्छ त नि यस्ता गन्थनहरु गरेर कहिले पो सकिएलान् र हाम्रा समस्या भनेका स्वभावीय नभै अभावीय भएको व्यहोरा उपस्थित सबै महानुभावहरुलाई स्मरण गराउनु आफ्नो कर्तव्य ठान्दछौं । मुगु, डोल्पा र कालिकोटलाई पनि हाम्रो तर्फबाट हार्दिक अभिवादन गर्दै तिम्रो यो महोत्सवको आयोजनामा आँटेताकेको पुगोस्, तिम्रा जाहानहरुमा रोग व्याधि दूर होस्, पीर कष्ट हरण होस्, माटो समान अन्न र ढुंगासमान द्रव्य आर्जन गर्न सकुन् भन्ने शुभेच्छा सहित कृष्णजीलाई सुदामाले लगेजस्तै सहयोगका लागि सानो उपहार पठाएकाछौं, प्राप्त भएपछि यथोचित कार्यमा उपयोग गर्ने नै छौ भन्ने विश्वासका साथ हामीले आयोजना गर्ने महोत्सवमा पनि सक्रियताका साथ सहभागी हुन आउनु है भन्ने निमन्त्रणा गर्दै तिम्रो व्यस्त समय खर्च गरिदिएकोमा यथोचित याचना माग्दै विदा हुने अनुमति चाहन्छौं । शेष कुशल र अर्काे पत्रमा ।
उही
हुम्ली बहिनी
२०६४ भाद्र २८ गते, सीमकोट, हुम्ला ।

(दुर्गम क्षेत्र बिकास समितिका िनवर्तमान सदस्य सचिव समेत रहनु भएका यस लेखका लेखक तिलक पौडेल, ७ बर्ष अघि दुर्गम जिल्ला हुम्लाको स्थानीय बिकास अधिकारी हँुदाको बखतमा सिर्जित कलात्मक लेखको औचित्य, महत्व र सन्दर्भ अझै पनि उस्तै खालको भएकाले प्रकाशनयोग्य ठानेका छौं । –कार्यकारी सम्पादक)