नेपालको आर्थिक समृद्धिका लागि

 नुर मोहम्मद खाँ
नेपालको विशिष्टतालाई बुझेर सुगौली सन्धी देखि यताको जुन असमान सम्बन्धको यथार्थता छ त्यसलाई मद्देनजर गर्दै कसरी लोकतान्त्रिक माध्यमबाट बर्गीय, जातीय, क्षेत्रीय रुपमा सबैलाई एकताबद्ध गरेर राष्ट्रिय एकता बलियो पार्ने र हामी आर्थिकरुपमा जसरी भारतमाथि परनिर्भर छौं, हाम्रो व्यापार घाटा अहिले पनि ९ गुणा बढि छ, ६ सय अर्ब भन्दा बढि बर्षेनी व्यापार घाटा छ । पेट्रोलियम पदार्थ शत्प्रतिशत भारतबाट आयात गर्न बाध्य छौं, यो अवस्थालाई अन्त्य गर्नको निम्ति हामीले छिटो आर्थिक विकास र समृद्धिमार्फत आत्मनिर्भर बन्ने प्रकारको राष्ट्रियताको पक्षपोषण गर्नु एउटा प्रगतिशील राष्ट्रवाद हो । यो हो नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उद्गार । यस उद्गारले नेपालको आर्थिक समृद्धि पुर्ण रुपले बाँकी रहेको र प्रारम्भ देखि नै सुरुवात गर्नुपर्ने देखिन्छ । त्यसैले नेपालको आर्थिक समृद्धिको काम द्रुत गतिमा अगाडि बढाउनको लागि चाहिने साधनहरुमा सर्वमान्य सर्वाेच्च कानून (संबिधान), राजनेता, कर्मठ राष्ट्र सेवक कर्मचारी, मिहिनेति र अनुशासित जनता, तटस्थ संचारकर्मीका साथै निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन आउँछ । यिनीहरुको ब्याख्या छोटकरीमा तपसील बमोजिम गरिएको छ ।

 – सर्वमान्य संविधानः नेपालको आर्थिक समृद्धि अर्थात् आर्थिक विकासको लागि सबै भन्दा पहिला शान्ति स्थापना हुनु जरुरी छ । यसका लागी देश, काल, परिस्थिति, हावा, पानी र माटो सुहाउँदो सबै देशबासीको भावनालाई समेटी बनेको र सबैको अपनत्व भएको संबिधान हुनुपर्दछ जो एउटा यस्तो फूलबारीजस्तो होस् जसमा सबै वर्ग र समुदायका ब्यक्तिले एक क्यारी हामी रुपी फूल पनि छ अथवा एउटा क्यारीमा हामी पनि फुलेका छौं अथवा संविधानरुपि फूलबारीमा मेरो सुगन्ध पनि छ भन्ने कुराको आभाष गर्न सकुन् ।

दूरदर्शी राजनेताः नेपाललाई दूरदर्सी राजनेता चाहिएको छ जस्ले देशको नेतृत्व गर्दै देशको ऊर्जावान् जनशक्तिसहित प्राकृतिक सम्पदाको सदुपयोग गर्दै देशको समृद्धिको लागी विकासको महान अभियानलाई अगाडि बढाउन सकोस् ।
कर्मठ राष्ट्रसेवक कर्मचारीः उच्च मनोबल भएका योग्य, अनुशासित, इमान्दार, मिहिनेती, नैतिकवान, गतिशील तथा कर्मठ राष्ट्रसेवक कर्मचारीहरुको आवश्यक्ता छ । जस्लाई देश र जनताको लागि भिडेर कामगर्ने वातावरण राज्यले तयार पार्नु पर्दछ ।

मिहिनेती र अनुशासित नागरिकः हाल नेपालमा “सबै नागरिक नेता र सबै नेता नागरिक” भन्ने उक्ति चरितार्थ भैरहेको अवस्था तथा भीडतन्त्र छ । नियम कानून भन्दा पनि भीड जम्मा गर्न सक्यो भने जे पनि हुन्छ भन्ने मान्यता छ । त्यसैले भीडमा भन्दा मिहिनेतमा विश्वास गर्ने मिहिनेति, ईमान्दार र अनुशासित नागरिकको खाँचो छ ।

जिम्मेवार र इमान्दार निजी क्षेत्र ः देशमा चाहिने सम्पूर्ण सामानहरुको जिम्मेवारीका साथ गुणस्तरीय उत्पादन गर्ने र कालोबजारीको नियत नराखी उचित मूल्यमा सर्बसुलभ गराउने इमान्दार निजी क्षेत्रको आवश्यक्ता छ ।

तटस्थ र इमान्दार सञ्चारकर्मी ः सरकारको चौथो अंग भनिने संचार जगत तटस्थ र इमान्दार भयो भने देशमा विद्यमान र हुनसक्ने अनियमिततालाई न्यूनिकरण गर्न सजिलो हुन्छ ।
यसका साथै देशमा आर्थिक समृद्धि दु्रत गतिमा हासिल गर्न तत्काल निम्न प्राथमिकताका क्षेत्रहरुको बिकास गर्नु अति जरूरी छ ।
पर्यटन प्रवद्र्धन ः नेपालका औद्योगिक वस्तुमध्ये पर्यटन एउटा यस्तो वस्तु हो जुन संसारमाझ चिरपरिचित छ । संसारको सवैभन्दा ठूलो ट्राभल साइट ट्रिप एडभाइजर डट कमले गरेको सर्वेक्षण अनुशार हाम्रो देशको राजधानी काठमाण्डौ विश्वका २५ उत्कृष्ट पर्यटकीय गन्तब्यका शहर मध्ये १९औं स्थानमा परेको छ । यसका साथै पोखरा र सौराहाजस्ता देशका अन्य पर्यटकीय शहरहरु तथा लुम्बिनी र पशुपति नाथजस्ता अन्य थुप्रै धार्मिक तथा सांस्कृतिक धरोहरहरु पनि विश्व माझ चिरपरिचित नै छन्।् । अतः पर्यटनको प्रवद्र्धनको लागी केहि सडक, होटल र यातायातको व्यवस्था गरि उद्योगको रूपमा विकास गरि रोजगारीको अवसर प्रदान गर्नुका साथै विदेशी मुद्रा आर्जनको स्रोत समेत बनाउन सकिन्छ ।

जलविधुतको विकास ः जलबिधुतको बिकास गरी बिधुतमा आत्मनिर्भर हुनुका साथै निर्यात गरी बिदेशी मुद्रा आर्जनको स्रोत समेत बनाउनु पर्दछ ।

दक्ष जनशक्तिको उत्पादन ः दक्ष जनशक्तिको उत्पादन गरी देशमा चाहिने जति राखी बाँकी योजना बनाई बैदेशिक रोजगारमा पठाइ रेमिटेन्सको रूपमा बिदेशी मुद्रा आर्जनको स्रोतको रूपमा विकास गर्नु पर्दछ ।

ब्यापारिक रुपमा जडिबुटीको उत्पादन ः ब्यापारिक रुपमा जडीबुटीको उत्पादन गरि प्रशोधनको ब्यवस्था गर्ने, देशको आवश्यक्ता पूरा गरी बाँकीरहेको निर्यात गरि बिदेशी मुद्रा आर्जनको स्रोत समेत बनाउनु पर्दछ ।

कृषिको औद्योगिकरण ः कृषिको औद्योगिकरण गर्नुपर्दछ । कृषियोग्य भूगोलमा सोहि अनुसार कुन उत्पादन कहाँ बढी हुन्छ सोको अनुसन्धान गराई रेकर्ड तयार गराउने र रेकर्ड तयार गर्दा हिमाल, पहाड र तराइको क्षेत्र र बालीको बिस्तृत फेहरिस्त तयार गर्नु आवश्यक छ । सोही बमोजिम बिस्तृत योजना तयार गरी परम्परागत खेतीलाई औद्योगिक कृषिमा रुपान्तरण गर्ने प्रतिबद्धताका साथ चाहिने सिंचाइ, मलखाद, बिउबिजन तथा कीटनाशक औषधिजको समुचित ब्यवस्था गर्दै आवश्यक्ता अनुशार प्रोत्साहन स्वरुप केही समयको लागि क्गदकष्मथ को ब्यवस्था गर्नु पर्दछ । यस्ले देशलाई खाद्यान्नमा आत्मनिर्भर गराउनुका साथै बढी हुने कृषि उत्पादन निर्यातगरी बिदेशी मुद्रा आर्जनको स्रोत समेत बनाउनु पर्दछ ।

बन पैदावार ः बन पैदावारको संरक्षण गर्दै आवश्यक्ता अनुशार कटानी र बृक्षारोपणको ब्यवस्था गर्नु पर्दछ। देशमा खपत हुन नसकेको काठ विदेश निर्यातगरी बिदेशी मुद्रा आर्जनको स्रोत समेत बनाउनु पर्दछ ।

–    नदीजन्य प्राकृतिक स्रोत ः नदीजन्य प्राकृतिक स्रोत जस्तै बालुवा, गिट्टी र बोल्डर आदि उचित मात्रा र गहिराई सम्ममात्र निकाल्ने ब्यवस्था मिलाई देश भित्र बिक्रि बितरणको ब्यवस्था मिलाउने र बढी भएको निर्यातगरी बिदेशी मुद्रा आर्जनको स्रोत समेत बनाउनु पर्दछ ।