धुम्रपान न्यूनिकरण अभियानलाई सरकारले तीव्रता दिने

काठमाडौ – सरकारले धुम्रपान न्यूनिकरण अभियानलाई तीव्रता दिने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले सरकारले धु्रमपान न्यूनिकरण अभियानलाई तीव्र गतिमा अघि बढाउने निर्णय भएको बताएका हुन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री थापाले धु्रमपान र मदिरापान एकै पटक प्रतिबन्ध लगाउन नसकिने भएकाले तीव्र गतिमा न्यूनिकरण गर्दै लैजाने नीति लिइएको पनि स्पष्ट पारे । सरकारले सूर्तिजन्य बस्तुमा करको दायरा बढाउँदै लैजाने पनि स्पष्ट पारेको छ । सरकारले धुम्रपान नियन्त्रणका लागि सूर्तिजन्य बस्तुको कर बढाउँदै लैजाने नीति बनाउँदै ल्याएको छ ।