माओवादि बिघटनको सपना नदेख

प्रकाश कुमार सिँह, जाजरकोट, हाल – मलेसिया

अहिले बिभिन्न थरि अनलाइन मिडिया र आफूलार्इ अत्यन्तै लोकप्रिय ठान्ने ठूला ठूला मिडियाहरु प्रमुख हेडलाईन माओवादि विघटनको समाचार छापेर आफ्नो कमाउ धन्दाको ब्यापार गरिरहेका छन् ।
यो उनिहरुको क्षेणिक प्रचार हो । र ब्यापार हो नयाँ नयाँ समाचार बिषयमा छाप्नु र सबैको ध्यान खिच्न खोच्नु पत्रकारका लागि नयाँ होइन । अस्वभाविक पनि होइन ।

 

यहाँ फलेको रुखलाइ ढुङ्गा हानिन्छ जहाँ फल झर्ने आशा राखिन्छ । आज नेपाली राजनीतिमा पनि नेकपा माओवादी केन्द्र फलेको रुख हो । किनकि यसको पुष्टि माओवादिका अहिलेका परिवर्तनका एजेन्डाहरु हुन् र समग्र नेपाली राजनीति यिनै मुर्दा र एजेन्डामा चलिरहेको र सामान्य भन्दा सामान्य मानिसलाई थाहा छ । तर हामी कहाँ अहिले यसको फरक ढङ्गमा मुल्यांकन भइरहेको छ चुनाव कसले जित्यो र जितेन । चुनाव जित्ने र हार्ने कुरा क्षेणिक कुरा हो । मुख्य कुरा भनेको यसको एजेन्डा लागू भयो कि भएन भन्ने कुरा हो । त्यसले मापन गर्ने कुरा हो । जुन कुरा माओबादिले आफ्नो एजेन्डामा देशको राजनीतिलाई ट्रयाक लिएर पुष्टि गरेको छ र यसमा सफल छ । जित उसको हो र एजेन्डाको हो । हार र जित प्राबिधिक कुरा हुन भोट कम ल्यादैमा हार्ने र बढि ल्याउदैमा जित्ने हुन सक्दैन । हुँदैन पनि ।

 

रहयो कुरा माओबादि बिघटनको
सामन्त दलाल र डलरवादि मिडियाहरुले प्रचार गरेजस्तो माओवादि विघटन हुँदैन । माओवादि केन्द्रका अध्यक्षले अरु भन्दा भिन्न र फरक नहुने हो भने माओवादिको आवश्यकता किन प¥यो । यसका लागि नेपालमा अन्य दल काफि छन् अरु भन्दा फरक नहुने हो भने । किन माओवादि केन्द्र राख्ने यसको बिघटन गरौं । भनेको कुरालाई लिएर आत्मरति लिनेहरुले प्रचार गरे जस्तो होइन । यो त माओवादिलार्इ साँच्चिकै क्रान्तिकारी माओवादि बनाउनका निम्ति चिन्ता र चासो साथ भनिएको हो । माओवादि केन्द्रलाई थप जनताप्रति उत्तरदायी बनाउन भनिएको हो । न कि यथास्थितिवादी दलाल र सामन्तवादि खुसी बनाउन भनिएको होइन ।

 

माओवादि केन्द्र यसकारण विघटन होइन । झन् ससक्त हुन्छ । माओवादि हजारौं सहिदहरुको बलिदानबाट स्थापना भएको हो । हजारौं घाइते र अपांगहरुको त्याग र समर्पण हो लाखौं परिवर्तनकारि जनताको आसाको धरोहर हो । दलित जनजाति महिला मधेशी र उत्पितिहरुको मुक्तिको मार्ग हो । आस्थाको केन्द्र हो । सामान्त दलाल र सासकहरुबाट दमनमा पारिएकाहरुका उत्पिडितहरुका लागि माओबादि बिचारधारा अग्रगामी छलाङ छ र राजमार्ग हो । जसले समाबेशीता र सहभागीतामूलक तरिकाले सबैको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरेको छ। जुन काम उत्पिडितहरुले गर्व गर्ने कार्य हो । परिवर्तन चाहाने र अग्रगमन पक्षधरको प्रेरणाको स्रोत हो, माओबादि केन्द्र । सामान्त दलाल र शोषकहरुको बर्बादि होड्छ ।

 

नयाँ राजनैनिक मार्गको सम्बाहक हो । संघिय लोकतान्त्रिक गणतन्त्रको प्रस्तावक, संघियता, धर्म निपेक्क्षता, राज्यको पुनरसंरचना, समाबेशिता र सहभागीतामार्फत गरिब दुखि र उत्पिडित जनतालार्इ राज्यको अपनत्व दिलाउने जनताको अधिकार स्थापनाका लागि जीवनलाई हत्केलामा राखेर मृत्युसंग संघर्ष गरेर आएका फरक धातुले बनेका मान्छेहरुले बनेको संगठन हो । माओवादि पार्टि यसको विघटनको सपना नदेख । यो लाखौं परिवर्तनकारि जनताको मुक्ति मार्ग भइसक्यो । माओवादी आन्दोलन राजमार्गमा गुडिरहेको यात्रुबाहक बस हो यसबाट दुई चार जना यात्रुहरू झर्दैमा बस रोकिदेैन यो निरन्तर आफ्नो गन्तव्यमा पुगि छाड्छ । निराश हुने कसलाई छुट छैन किनकि हाम्रा पछाडि हजारौं सहिद, घाइते ,बेपत्ता, अपांग र लाखौं परिवर्तनकारि जनता साथमा छन् ।