गजल/ लेखिदिन्छ रे, दैबले ……….
बिशाल बाबु ‘चञ्चले’ मुगु

लेखिदिन्छ रे, दैबले सबैको निधारमा ।
कि मर्नु, कि बाँच्नु अरे, मेरो बिचारमा ।।
जति सक्छौं तिमी र म रमाएर बसौं
पाहुनाजस्तै आपसमा सोचेर संसारमा ।
किन गर्छौ यहाँ दुष्मनी सँधै–सँधै
आ–आफ्नै दाजुभाई लडेर बेकारमा ।
सकेन कसैले सदा जिउँदो बस्न
खाएर ओखती, यो महङ्गी बजारमा ।
तिमी जाउ कर्नाली तरेर, हाँस्दै–हाँस्दै
रोइरहन्छ, बस्छ ‘चञ्चले’ यो किनारमा ।