राजधानीमा अाज निर्मोही र स्पन्दनको गजल साँझ हुँदै

मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान भन्ने मूल ध्येयका साथ कुसे न्यूज डट कमले युगल गजल साँझ आयोजना गरेको छ । राजधानीको नयाँ बानेश्वरस्थित होटल अर्यालमा आज साँझ साढे पाँच बजे हुने गजल साँझमा पहिलो पटक कर्णालीका गजलकार गुञ्जिने भएका छन् ।

विगत एक दसक देखि निरन्तर गजल साधनामा तल्लिन मुगुका संकल्प निर्मोही र हुम्लाका गणेश स्पन्दनका करिब दुई दर्जन गजल बाचन हुने आयोजकले जनाएको छ ।

राधानीमा आयोजना हुने विभिन्न गजल साँझ भन्दा नविनता आभाष हुने खालको हुने र पहिलो बसाईमा कर्णालीका सिर्जनशील गजलकारलाई आतिथ्य गरिएको आयोजक कुसे न्यूजका सम्पादक भौतिक मल्लले जनाउनु भएको छ ।

होटल अर्यालमा आयोजना हुने आजको गजल साँझमा विभिन्न प्रतिष्ठित व्यक्तित्व, साहित्यकार तथा बुद्धिजीवीहरुको पनि उपस्थिती रहने बताइएको छ ।