सरकारको खोजि गर्दै सडकमा चलचित्रकर्मी

काठमाण्डौं उपत्यकाका सडकको धुलो, धुवाँ र हिलो हटाएर सुन्दर सहरको माग गर्दै चलचित्रकर्मीहरू सरकारको खोजीमा सडकमा उत्रिएका छन् । आज काठमाडौँको माइतिघर मण्डलामा मास्क नलगाई स्वास फेर्न पाउँ, धेरै गर्यो अति गर्यो धुँलो, धुँवाले फोक्सो भरियो, पानी पर्यो हिलाम्मे घाम लाग्यो धुँलाम्मे लगायतका नारा लेखिएका प्ले कार्ड सहित सडकमा उत्रिएका चलचित्रकर्मीले जीर्ण सडक मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

नागरिकहरुलाई स्वच्छ वातावरणमा जीवनयापन गर्ने वातावरण मिलाउनु सरकारको मुख्य जिम्मेवारी भएको भन्दै अलपत्र छोडिएका खाने पानीका खाल्डा तथा सडकहरुलाई व्यवस्थित गर्न र्यालीमा सहभागी चलचित्रकर्मीले सरकारसँग माग गरेका छन् ।

 

सडकको जीर्ण अवस्था र जामले गर्दा आम नागरिकले सास्ती खेप्नु परेको भन्दै समयमै अलपत्र काम पुरा गरेर आफ्नो कर्तव्य पुरा गर्न चलचित्रकर्मीले सरकारसँग आह्वान गरे ।

 

यो प्रेश विज्ञप्ति पनि पढ्नुहोस् ।

काठमाडौं उपत्यकाको व्याप्त प्रदुषण अन्त्य र जीर्ण सडक सुधार गर्न गराउनका लागि नागरिक पहल स्वच्छ वातावरणमा बाँच्न पाउनु हरेक नागरिकको नैसर्गीक अधिकार हो । आफ्ना नागरिकहरुलाई स्वच्छ वातावरणमा जीवनयापन गर्ने वातावरण मिलाउनु सरकारको मुख्य जिम्मेवारी र कर्तव्य हो । त्यस्तै मानव वसोवास गरिने हरेक स्थानका आआफ्नै महत्व र पहिचान हुन्छन् । ती कुराहरुमा तत् स्थानका वासीहरु गर्व गर्दछन् । हामी नेपालीहरु जो जहाँ रहौं, हामीलाई हाम्रो माटोप्रति गर्व छ । तर हाम्रो गर्वलाई धुवाँ, धुलो र हिलोले धुमिल गर्दैछ, खासगरी राजधानी शहरको अव्यवस्थाले ।

 

मुलुकको राजधानी नेपालका नेपालीहरुको मात्र गन्तव्यस्थान हुनसक्दैन, जहाँ विश्वका यात्रीहरु आउने जाने गर्छन् । यहींबाट यहाँको सुन्दरता र स्वच्छताले हामी नेपालीको पहिचान र प्रतिष्ठालाई विश्वका कुनाकन्दरामा प्रसार हुने गर्दछ । तर, यस कसीमा जाँच्दा हाम्रो राजधानी शहर काठमाडौंको अवस्था चिन्ताग्रस्त छ र हालको अवस्थाले हाम्रो अन्य असल पहिचानलाई धुमिलरुपमा मात्र प्रसारण गर्न सक्दछ । किनकि हाम्रा सरकारहरुका अवैज्ञानिक भू–उपयोग, अव्यवस्थित वसोवास र अनियन्त्रित शहरिकरण योजनाहरुले दिनप्रतिदिन नेपालका शहरोन्मुख वस्ती लगायत काठमाडौ उपत्यकाको गरिमामा आँच पु¥याइरहेका छन् । सवारी साधनको चाप बढेसँगै धुलो धुँवाको मात्रा आकास्सिएको छ । सवारी साधनको प्रदुषण मापन गर्ने र नियन्त्रण गर्ने निकायहरु क्रियाशील छन् तर धेरै धुँवा फ्याक्ने सवारी साधनहरु सडकमा विना रोकतोक चलिरहेका छन् । यस्तो किन भईरहेको छ, हाम्रो प्रणालीले किन काम गरिरहेको छैनरु करीव करीव समस्याका कारणहरु पहिचान भइसकेका छन् । खानेपानी, विद्युत, दुरसंचार लगायतको संस्थाहरुले विना समन्वय पटकपटक सडक खन्ने काम गर्नाले बर्षौसम्म सडकमा खनिएका खाल्डा नपुरिने र वातावरण प्रदुषण उल्लेखनीय रुपमा बढेको छ । सरकारी तहमा समन्वय हुन नसक्नु र भएका नियम कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्नाले यस्तो स्थिति हुनगएको हो । यसले उपत्यकावासीको स्वास्थ्यमा गम्भीर असर पारेको छ, यस्तो भयत्रासका कारणले पर्यटकहरु उपत्यकामा रहन चाहँदैनन् । सडकको जीर्ण अवस्था र जामले समयमा तोकिएको स्थानमा कुनै पनि यातायातपरिवहन पुग्न सक्दैनन् । जसले आम नागरिकहरुको व्यक्तिगत स्वास्थ्य लगायत जीविकोपार्जनमा समेत धेरै नकारात्मक असर पारिरहेको छ ।

 

हरेक समस्याको समाधान हुन्छ । समाधानको जिम्मेवारी सरकारमा रहन्छ । हामी हाम्रो सरकार खोजीरहेका छौं र सोधिरहेका छौं – यस्तो व्यथितिको अन्त्य कहिले हुन्छ रु यस्तो अस्तव्यस्तता सम्वोधन गर्ने जिम्मेवारी कसको हो रु उनीहरुले आफ्नो दायित्व किन पुरा गर्न सकिरहेका छैनन् रु जिम्मेवारी पुरा नगर्नेलाई सजाँय के हुन्छ रु नागरिकहरु यी सवालहरुका उत्तर चाहिरहेकाछन् ।
तर, सरकार चुपचाप छ । सरकारले यी सवालहरुलाई सम्वोधन गर्ला भनेर धेरै पर्खियौं, धैर्य गर्यौं तर समस्या सम्वोधन हुन सकेन । अव त अति नै भयो । नागरिकले सरकार खोज्नुपर्ने अवस्था आयो । सरकार खोज्दै र जवाफदेहिता माग्दै हामी कलाकारहरु सडकमा आएका छौँ । हामी चाहन्छौ, हामीले तिरेको करको सदुपयोग होस् । काठमाडौ उपत्यकाको यो अस्तव्यस्ताको चाँडै अन्त्य होस् ।
स्मरण रहोस् कि राज्यका आफ्ना जिम्मेवारी पुरा नगर्ने राजनेता तथा राष्ट्रसेवकहरुले दण्डहिनतावाट मुक्ति पाउने छैनन् ।

 

सम्पूर्ण चलचित्रकर्मी तथा आम नागरिक