देउडा गितमा कर्णाली र सुदुर पश्चिम
सुप्रिम कार्की, खत्याड गाँउपालीका ११ मुगु

कर्णाली र सुदुरपस्चिम दाजुभाई जस्ता छन् ,
सबै जाती एउटै थाति मिलेर बस्दाछन्
राज्यले देख्दैन रैछ कर्णाली अञ्चल
साना खोला ठुला नदि बग्दैछन छलछल
डोल्पा राम्रो से फोक्सुन्डो हुम्ला सिमिकोट
सेति कालि कर्नालीका बराबरी चोट
मुगु राम्रो रारा ताल, जुम्ला राम्रो सिँजा
जनताबाट जितेपछि धेरै दुःख दिँदा
दुःख कष्ट अनगिन्ती कालिकोटका गाउँमा
सरकारको महसुस छैन मेरा जन्मे ठाउँमा
बुढिनन्दा खप्तड पाटन, माँ बडिमालिका
निङ्लासैनि शैलेश्वरी धन्य छौ कालिका
चन्द्रनाथ,छाँयानाथ अपि सैपाल किल्ला
सौतेनिको शिकार भए चौध वटा जिल्ला
सुदूरका नौ जिल्ला छन् कर्नालीका पाँच
राज्यको ढुकुटी माथि जो नाच्दा छौ नाँच
दार्चुला वैतडी बझाङ कठै डडेलधुरा
समस्या छन् थरीथरी कहिले होलान पुरा
कैलाली कंचनपुर् डोटी बाजुरा बाझै छ
नेता सांसद हुनुपनि यो ठाँउमा लाजै छ
अछाम राम्रो रामारषन पुग्याको नाइँ गाडी
फुलको माला हैन अब, लाइदेउ जन्ता साडी
घोडाघोडी झिलमिला ताल, सुन्दर शुक्लाफाँटा
नेताको कुर्चीको लडाई दिन दुस्खीलाई घाटा
संकृति संरक्षण गर्दै जोगाउँ बोलिभाषा
गरिब देशका गरिब हामी के गर्नु छ आसा
बुढिगंगा सेती आउछन् कर्णाली भेट्नलाई
गौरा र छलिया हाम्रो तिर्सना मेट्नलाई
लुलो चौदस शिवरात्री दसैं र तिहार
सुदूर र कर्नालीबासि आफ्नो ठाउँ सिहार
देविभुमि सुन्दर भुमि तिर्थ स्थल पनि
हजारौं छन् खोलानाला बग्दैछन् जल बनि
दशरथ चन्द यहि जन्मेका, भिमदत्त पन्त
एकपटक न सम्झे पछि मान्दैन यो मन्त
कर्णालीलार्इ दुःख पर्दा महाकाली रुन्छ
हामीसवै मिले पछि बल्ल बिकास हुन्छ
सेती, काली, करनाली, तिनटा दिदि बहिनी
घटाल वेताल, सिद्धनाथ, जयहोस् डिलासैनी
बैजनाथ र सिद्दबाबा हाम्रो रक्षा गर्छन्
महादेव र महारुद्र कैलाश बाट झर्छन्
सबैखाले बालिनाली पाउँछ जडिबुटी
राज्यलाई चुनौती दिन्छन् हाम्रा बस्ने कुटी
आफ्नो भन्नु आफ्नै हुन्छ मिलाउँ हातमा हात
डिट परिजाउ सौराइ रैजा, मेरा जन्मे थात
नगरौं नेताका कुरा घरघरमा नेता छन्,
मुहार कहिल्यै फेरिन्याँ नाइ मनभरी ब्यथा छन्
नसुनेझैं गर्छन् अचेल दशपटक भन्दानी
माखो समेत केहि मारेनन मन्त्री साब बन्दानी
कर्नालीका बाठा कौवा बैठकमा सुत्दाछन्
गर्छन् भाषण मख्ख पार्छन् जनता लुट्दाछन्
पुर्वतिर अगाडी छ विकासको गति
अन्याय अत्याचार पनि अति गर्छन अति
एकघरमा एक सांसद गरौ बुद्धको देशमा
आउँदा छन् चुनावका बेला, मुखौट भेषमा
भर छैन भरोसा छैन, भारतका गोटीको
पैचो कैले तिन्र्याँ होलान् खाएका रोटीको
सुधारीजाउ देशका नाइके आफै विचार गरी
बेइजतै छ नेपालमा शिव कृष्ण हरी
समावेसी बनाउनु छ बनाउ नयाँ खाका
कहिले हुन फर्केर हेर्ने सरकारका आँखा