डुबानमा राप्तिपारी, चारको मृत्यु

शुक्रबार रातिको बर्षातका कारण राप्ती नदीको सतह ह्वात्तै बढेर ८.८७ पुगेको छ । बर्दियाको बबई नदीको सतह पनि खतराको चिन्ह भन्दा माथि पुगेको छ ।

बाढीका कारण राप्तीपारीका दर्जनौं घर जलाम्मे भएका छन् भने मानिसहरु उद्दारको पर्खाइमा रहेका छन् । राप्तिपारीका स्थानीयका अनुसार सयौं गाइवस्तु डुबेर मरेका छन् । भने कति धनजन क्षति भयो एकिन तथ्यांक आउन सकेको छैन । बाढिग्रस्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिसकेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालीकाको सँम्शेरगन्जमा राप्ति नदिको बाढीका कारण ३० घर बगेका छन् । बाढीका कारण राप्तिसोनारी गाँउपालीकाको लालापुरमा एक जनाको मत्यु भएको छ । तिन जना बालक घरमा पुरिएका छन् । यस्तै गोठमा बाधिएका गाई बाख्रा भैंसी सबै बगेका छन् ।

टिकुलीपुर, मटेहीया, राजपुर, लगायतका स्थान जलमग्न बनेका छन । त्यहाँ ससस्त्र प्रहरी घटनास्थलमा पुगी स्थानीयको उद्दार गरिरहेको छ । उद्दार गरिएका स्थानीयलाई नजिकै रहेको दुर्गा मन्दिरमा राखिएको छ । नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा खटिएको छ ।

त्यस्तै उता डुडुवा गाउँपालीकाको खडैचामा पनि बाढी आउँदा घरहरु डुवानमा परेका छन । त्यस्तै उता फत्तेपुरमा आएको बाढिका कारण स्थानीयका कच्चि घर र गोठ बगेका छन् । गोठमा बाँधिएका गाई बाख्रा र भैसी पनि बगेका छन् । बाढीका कारण पूर्ब पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।