सागर अालेको स्पष्टिकरण : म एमाले होइन

काठमाडाैं । सामाजिक संजालमा भाइरल भएको तस्बिर र केहि सूचनामा अाधारमा भाद्र ११ गते अाइतवार हाम्रो अनलाइनमा प्रकासित ‘‘के सागर आले एमाले कार्यकर्ता हुन् ?’’ भन्ने समाचारको बिषयमा नेपाल आइडलका प्रतिस्पर्धी सागर आलेले आफ्नो प्रतिक्रिया दिएका छन् | ११ गते समाचार प्रकाशन भएपछि धेरै मिडियाहरूले पनि उक्त समाचारलार्इ अाधार बनार्इ विभिन्न टिकाटिप्पणी गरेका थिए ।

 

समाचार प्रकाशन भएकाे दाेस्राे दिनमा प्रकाशित उनकाे प्रतिक्रियामा स्वरूप फेसबुकमा एक स्टाटस लेख्दै उनले आफु एमाले नभएको र एमालेको स्थानीय कार्यक्रममा गित गाउने प्रस्ताब गरेकाले गित मात्र गाएको बताएका हुन् |

 

उनले भनेका छन्  ‘‘तपाईहरुको माया बिना म केहि कोहि पनि होइन म जहाँ छु जे छु सबै तपाईहरु सबैको साथ सहयोग र मायाले छु | मलाई गित गाउँनको लागि स्थानिय रुपमा बोलाइएको थियो त्यतिबेलाको फोटो लाई लिएर समाचार बनाइएको रहेछ ! त्यो पनि एक जना मेरो फ्यानले फोटो खिच्छु भनेर उनले खिचेको फोटो हो ! म अहिले सम्म कुनै पार्टी वा दलमा आवद्ध भएको छैन ! एउटा कलाकार कुनै दल, जात, धर्म, भूगोल बिसेष हुँदैन भन्ने कुरा मलाइ राम्रोसंग जानकारी छ |’’

 

नेपाल आइडलका दाबेदार मानिएका सागरको उक्त तस्बिर बाहिरिए पछी उनि बिबादमा तानिएका थिए |