ऐनामा हेरें मुहार रहेछ ………………….

सुयेशा बिसी

ऐनामा हेरें मुहार रहेछ चिटिक्कै
तर छैन मनमा खुसि फिटिक्कै

 

कुनै बिहान थियो मुस्कुराउदै ब्युझिने
अचेल चिन्ता हुन्छ उठ्ने बित्तिकै

 

दिन, महिना, साल यसै बितेर जान्छ
हुदोरहेछ यहाँ सबै कुरा तिथी मितीकै

 

अधिकार सिध्याएर फगत कानुनको
भार बोकाइयो गरिबलाई नियम नितीकै

 

आउँछ काल, लिन्छ के लाग्छ र साथी
मर्नु पर्ने नियम रैछ प्राकृतिक रितिकै