घर छोडेर परदेश हिँडेको त्यो दिन

दुई दिनपछि मात्र मलाई काममा लगायो

प्रकाश कुमार सिंह

रङ्गिन सपनाहरुको झोला बोकेर हिडेको पनि झण्डै महिनौ भएछ । त्यो हरियो पासपोर्ट हातमा समाएर देश घर परिवार साथीहरू आफन्तहरु छोडेर अन्तर्राष्ट्रिय विमान स्थलबाट बाइ बाइ गर्दै हातहरु हल्लाउँदै आएको । मनमा केही डर केही आसा अपरिचित ठाउँ । नगएको देश नचिनेका मान्छे अनि समाज ।त्यो त छदै थियोे त्योभन्दा पहिले मेरो लागि नयाँ जिबनमा पहिलो पटकको अन्तर्राष्ट्रिय यात्रा ।

 

विमान पनि पहिलोपटक नै चडेको थिएँ कस्तो होला के होला के हुन्छ होला मनमा थुप्रै जिग्यासा । अनि प्रश्नहरु अनुउत्तरित थिए । नहुनु पनि कसरी अर्काको देशमा जाँदै छु भाषा थाहा छैन मान्छेहरु अपरिचित छन । कुराहरू खेलाउदै एउटा सानो झोला एक थान पासपोर्ट र टिकट हातमा लिएर भित्र पसियो मेरा लागि आफ्नै अन्तर्राष्ट्रिय एरपोट बिरानो थियोे नहुनु पनि किन रु कहिले गए म अन्तर्राष्ट्रिय एरपोट न कुनै काम न कुनै यात्रा आवश्यक भएन । भए पनि बसहरुको यात्रा नै गरिन्थ्यो । चासो पनि राखिएन । राख्नुपर्ने आवश्यता पनि ठानिन । राजधानी नै एकादेशको कथा लाग्ने हामी बिकट बस्तीका मानिसहरूलाई एरपोट र पेलेन चढ्ने यात्राहरु कुरा प्राय अधिकाँस मानिसहरूका लागि कल्पना भन्दा बाहिरको कुरा हो जहाँ अहिलेसम्म राम्रो बस चढ्न पाएका छैनौं ।भने पेलेन टाढाको कुरा हो । मेरा लागि पनि सायद त्योभन्दा फरक थिएन ।

 

जब म एक्लै भित्र गए अनि अरु जस्तै लाइनमा लागे । लाइन हरु फरकफरक थिए यात्रुहरुको पनि चाप थियोे ।किनकि म जतिखेर बाहिर जाँदै थिए यतिबेला नेपालमा भुकम्प आएर ठुलो ज्यु धनको क्षेति गरेकोे थियोे देश एउटा ठुलो महा सँकटमा थियोे भुकम्पले गर्दा । त्यहि भएर होला एरपोटमा पनि ठुलो चाप थियोे यात्रुहरूले खचाखच नै । विभिन्न देशमा जाने हरुको लाइनमा थियोे । म मलेसिया जाने भएकोले मैले मलेसिया जाने लाइन कुन हो । भनेर सोधे एक जना अपरिचित मानिसले सिकाइ दिए उ त्यो लाइन हो त्यहा जानुहोस भने क्रमस लाइन लागेको थियोे म पनि त्यसै गरि अन्तिम गएर लाइन लागे । कुरा द्दण्ठद्द सालको हो । त्यो लाइनबाट ठुला ठुला झोलाहरुको उबअपष्लन हुदो रहेछ । ठुला र दुईवटा झोला भएका हरुले ठुलो झोला त्यहि सिल गरेर छोडे भित्र गए तर मेरो भने एउटामात्र थियोे धेरै ठुलो थिएन त्यहाँ उबअप गरि राख्नुपर्ने भएन मैले साथमा नै बोकेर गए । थोरै अगाडि जाँदा सोधपुछ रहेछ । एक जना कर्मचारीले सोधे कहाँ जाने हो रु मलेसिया भने । फेरि सोधे उनले के काम हो । मेरो उत्तर थियो security guard हो भनें । यति भनि सकेपछि फेरि भित्र गए एउटा फारम भर्नु पर्ने रहेछ नाम ठेगाना सम्पर्क नम्बर पासपोर्ट नम्बर देश आदि लेखेर भित्रका विभिन्न प्रक्रिया हरु अरुले जे जे गर्छन त्यसैगरी मैले मेरा कामहरू सके । मेरा लागि नयाँ थिए र फेरि म जुन मेनपावर बाट गएको थिए । त्यहाँबाट मलेसिया जाने म मात्रै थिए ।

 

सबै प्रक्रिया र कामहरू पूरा गरेर भित्र गएर waiting room मा गएर बसे । भित्र जाँदा त्यतिबेला रातिको  एघार बजेको थियोे । पेलेन साढे एघार बजेको उढान थियोे । तर यतिबेला अत्यन्तै मात्रामा चाप भएका कारण देखाउदै र विभिन्न देशहरूमा जाने र आउने उडान जारि भएका कारण ल्याण्ड हुन नसकेर केही समय कुर्नुपर्ने जानकारी आइरहेको थियोे । त्यही समयमा विभिन्न देशमा जाने यात्रुको बाक्लो चाप थियोे र साथी साथीहरू गफ गरिरहेका थिए । कतिपय रमाइलो गफमा थिए त कतिपय दुखका कुरा गरिरहेका थिए । आफु एक्लै भएका कारण अरुका कुरा सुनेर मात्र बस्ने काम भइरहेको थियोे । समय कटाउन सारै मुस्किल नै भइरहेको थियोे यतिबेला मनोरन्जनको साधन पनि केही भएन । र मन मिल्ने साथीहरू नै थिएनन चिन्तित मलिन अनुहार लगाएर बस्ने काम भयो । समय घट्दै जाँदा विभिन्न देशमा जाने यात्रुहरू को चाप पनि घट्यो र सबैभन्दा लाष्ट हाम्रो उडान हुने भयो । भित्रबाट अडर आयो ल ल अब यात्रुहरू आउनुहोस कोहि छुट्नु होला भन्दै कराउन थाल्यो । लाष्टमा दुई जना कतातिर टवाइलेट तिर कि कतातिर गएका रहेछन ।माइकिङ गरेर बोलाउदा आए ।सबै जना भित्र गएर आ आफ्नो सिटहरु खोजेर बस्ने काम भयो । बसिसकेछि पछि केही समयमा पेलेन उड्यो पहिलोपटक उकासमा उढ्दा केही डर सँगै खुसि पनि थियोे मनमा रमाइलो नै बढि महसुस भयो मसँगै सिटमा नेपाली नभएर एक जना मलेसियन चाइनिज केटि र एक जना पुरुष थियोे त्यो हुदा केही खल्लो भयो साथमा गफगाफ नहुदा किनकि भाषा नै नमिल्ने कसरी हुन्छ राम्रो । एक्लै मनमा हजार कुरा खेलाउदेै अकाशमा उडिरहेको पेलेनसँगै म पनि उडिरहे केही डेढ दुइ घण्टाको बिचमा खान खाने काम भयो सुत्न मनले मानेन कहिले तल कहिले माथि हावामा उडिरहेको पेलेनले निधाउन दिने कुरा थिएन ।

 

निधाउने काम पनि भएन यस्तै यस्तै तरिकाबाट आकाशमा उडिरहेको थिए । माथि तिर जाँदा जति आनन्द आउथ्यो तलतिर आउदा मनमा डर पैदा हुन्थ्यो । त्यसै गरि यात्रा जारि थियोे
करिब साढे चार घण्टाको बिचमा होला बिहान मलेसियाको अकासमा पेलेन थियोे तलतिर साइट बाट हेर्दा घर हरु साना साना देखिन्थे । त्यसबिचमा पेलेन ल्याण्ड भयो सबै बिस्तारै बिस्तारै झर्ने काम भयो झरि सकेपछि आ आफ्नो सामान झोलाहरु हातमा लिदै जाने काम भयो । त्यहाँ जाँदा ।नेपाल नेपाल भनेर सिमकार्ड देखाएर पसलले हरु बोलाए कराइरहेका थिए । तेतिबेला प्राय नेपाली हरु सिम लिन पसलमा लागे । म पनि लागे दस रिङगेट मलेसियन पैसा दिएर सिमकार्ड लिए हल्का अगाडि जाँदा त्यहाँ प्राय नेपाली हरुलाइ जम्मा गरेर राख्ने खुला ठाउँ एरपोट भित्र रहेछ । सम्बन्धित मान्छे नआउदा सम्मा ।
सबै नेपाली हरु तेतैतिर गए म पनि गए त्यहाँ जाँदा । विभिन्न कम्पनिमा काम गर्न जाने नेपाली युवा हरु सयौं को सँख्यामा थिए । त्यहाँ कोहि दुई तीन दिन देखि बसिरहेका थिए। कोहि भर्खरै मपनि गएर बसे नेपाली भए पनि सबै अपरिचित नै थिए । प्राय अनुहार सबैका मलिन थिए ।नहुनु पनि कसरी दुई तीन दिन देखि राम्रोसँग खान बस्न सुत्न पनि नपाउने अवस्था थियोे । ट्वाइलेट गर्न जान पनि समस्या भएको थियोे प्राय वरिपरि पिसाब फेरेर कारण वातावरण पनि राम्रो थिएन ।

 

त्यही अवस्थामा सबै बसिरहेका थिए । नेपाली भनेपछि अलि फरक प्रकारको ब्यवहार हुन्थ्यो ट्वाइलेट जान पनि स्वतन्त्र पुर्बक जान दिदैन्थ्यो। त्यहाँको पुलिसले गर्दा सबै जना प्राय त्रासको मानसिकता का साथ थिए । कम्पनीको सम्बन्धित मान्छे लिन नआउन्जेल सम्मा प्राय अघोषित जेलको जस्तो थियोे । प्राय सुचना पुगेर सहि खबर पाएपछि जिम्मेवार भएका कम्पनीका मानिसहरू आएर लिन्थ्यो । जाने प्रक्रिया चलिरहेको थियोे । त्यस बिचमा धेरै मानिसहरु आएर फलानो कम्पनीको मानिस छ भनेर नाम काटेर बोलाउने जसको नाम आउथ्यो उनिहरु उठेर मेरो हो म हु भन्थे । उसले हल्काफुल्का सोधपुछ गरेर उसलाई आफुसँग भएको कागज पत्रहरु दिएर उसैसँग जाने काम भइरहेको थियोे ।

 

मलाई भने मेनपावर ले करिब दुई दिनसम्म बस्नुपर्ने पनि हुनसक्छ । भनेर खबर गरेको थियोे मेरो मानसिकता मैले तरिकाबाट तयार गरेको थिए । यदि मानिस लिन नआए पुलिसलाई खबर गर्नुभन्ने थियोे म यही अवस्थामा थिए । तर केही घण्टा त्यहाँ बसि सकेपछि । एउटा बुढो हल्लका कपाल फुलेको मानिस नेपालीहरु बस्ने ठाउँको अगाडि उभिएर सोध्यो प्रकाश कुमार सिहँ भन्यो । त्यतिकै बेला लामो समयदेखि प्रखिएर बसेका कारण छिटै उठेर भने म प्रकाश कुमार सिहँ । उसले सँकेत गर्या म गए पहिले जस्तै नेपाली हरुले पासपोर्ट र कागज जस्तै मैले पनि सबै दिए ।

सरासर अगाडि उसलाई पछ्याउँदै गए । एक ठाउँमा अलि मानिसको चाप कम थियोे त्यहाँ नेर गएर उभिन अनुरोध गर्यो म उभिए उसले मेरो फोटा खिच्यो र म आएको मेनपावर लाई पठायो । मैले तेरो मानिस बुझिसकेको छु भन्ने म्यासेज पठायो । हामी अगाडिको गयौं । त्यहाँ उसले जे जे गर्न भन्छ मैले सबै अडर पुरा गरें, अगाडि गइयो दोस्रो तलामा गइसकेपछि उसले मलाई त्यहीँ नेर बस भन्यो म पछि आउनु छु भन्यो । म त्यहाँ करिब एक घण्टा एक्लै बस्नुपर्‍यो । मलाई केही थाहा थिएन । त्यो समय मेरा लागि अत्यन्तै नमजाको समय लाग्यो यताउता हेर्छु धेरै मान्छे छन तर मलाई लिन आएको मानसिलाइ काँहि देखिन । कहाँ गयो कता गयो मेरा लागि समस्याको बिषय भयो । अगिल्लो दिनदेखि खान नखाएको ट्वाइलेटको नगएको सारै समस्या भयो । अर्काको देशमा नहुनु पनि कसरी ! स्वाभाबिक नै थियो । सबै अपरिचित हरुका बिचमा त्यसमा पनि एरपोर्टमा कहिलै नगएको ठाउँ नजानेको स्थान मेरा लागि कठिनाइ भयो । त्यसैगरी त बस्न सकिदैन । सोध्नुपर्यो भनेर सोधियो । ट्वाइलेट गएको बेला उ पनि आयो छ मलाई यताउता हेरेछ मलाई नदेखि सकेपछि उसलाई टेन्सन भएछ । चौथर्पि घुमेछ । मलाई देखि सकेपछि उसले सोध्यो कहाँ गएको थिस । मैले ट्वाइलेट ।

 

यो त्यतिकै मा सकियो हामी अगाडि लाग्यौ । होटलमा गएर खानिपिन गरियो । खाना खाएर एक बोतल पानी किनेर दियो ।हामी बसपार्क तिर लाग्यौ उसले टिकट ल्यायो हामी यात्रामा लाग्यौं बसमा चढियो । बसमा त्यसपछि त्यहाँका रमाइला रमाइला दृश्यलाई नियाल्दै हाम्रो दिनभरि यात्रा गरियो उसले कतातिर लिने हो कहाँ लिने हो यो सबै जानकारी उसलाई मात्र थाहा थियोे होला । त्यसपछि त्यहाँको मनोरम दृश्य हेर्दै निरन्तर बसमा दिन भरि यात्रा गरियो । यात्राको बिचमा नेपाली म मात्र भएका कारण प्राय कुनै कुरा भएन । मानिसहरु त धेरै थिए सार्वजनिक बस भएका कारण । आफुलाइ भाषा बोल्न पनि नआउने त्यसमाथि पनि कुनै पनि नचिनेको मलाई लिन आएको मानिस पनि अलि अगाडिको सिटमा थियोे । उसले सोध्ने भनेको बस रोकिएको ठाउँमा मात्र थियो । यसरी नै करिब छ सात घण्टा भन्दा को यात्रा पछि पेनाङ भन्ने ठाउँमा आइयो । बस पार्कमा झरियो । मलाई ल्याउने मानिस फेरि मलाई केही समय रोक्न आदेश गरेर । आफु थोरै अगाडि गयो । ट्याक्सि डराइभर सँग थोरै कुरा गरेर मलाई अगाडि आउन आदेस गर्यो र ट्याक्सि बस्न भन्यो । म ट्याक्सि बसे उनी दुई जना बिच के कुरा भएका थिए ।

 

मलाई केही जानकारी भएन उ जो मलाई लिएर आएको थियोे मलाई उसैले पनि छाडेर गयो र फेरि उसले पनि छोडेर सुनेको पछि फेरि डरको महसुस भयो । नचिनेको सहर नचिनेको मान्छे । उसकै ट्याक्सीमा बसेर यात्रा गर्दै छु कहाँ लिन्छ मलाई थाहा भएन । ट्याक्सि चलाख अलि बुढो मानिस थियोे ।मैले धेरै पटक उसलाई सोधे हामी कतातिर जाँदै छौ ।कहाँ जाँदै छौ उसको जवाफ आउदैन धेरै स्पिडिमा ट्याक्सि कुदिरहेका छ कहिलेकाही मसँग हेर्छ मात्र । मैले पनि मनमनै सोचे जहाँ गले लग अब मसँग कुनै जवाफ थिएन ।सुनेको थिए । ट्याक्सि चालक हरु अलि खतरा हुन्छ रे भन्ने । त्यसैले पनि मलाई केही डर थियो । किनकि मसँग साथमा पासपोर्ट थिएन र अन्य बैधानिक प्रमाणपत्र केही थिएन त्यस्तो अवस्थामा पुलिसले समात्छ भन्ने सुनेको थिए । त्यस कारण अलि बढी डर थियो त्यस्तो अवस्थामा पुलिसका फेला पर्दा आफुसँग भाषाको पनि समस्या थियोे । तर आफुसँग लुटिने केही सामन थिएन केही जोर कपडा र तीस रिङगेट साथमा त्यो बाहेक अरु कुनै थिएन । अपरिचित सहर मानिस पनि अपरिचित र बाटो घाटो सबै अपरिचित थियोे । त्यस बिचमा मैले सोचे कि उसले जहाँ लग्यो लग्यो । उसकै ट्याक्सीमा जानुको बिकल्प थिएन । करिब आधा घण्टा बढिको यात्रा गरेर सकिसकेपछि मात्र आयो ट्याक्सि म जुन कम्पनीको सम्पर्कमा जानुपर्ने थियोे त्यहि ठाउँमा । पुगियो । साइनबोर्ड हेरियो जहाँ लेखिएको थियोे आइ बि आइ एस सेकुरेटि सर्बिस त्यसपछि मनमा केही खुसि पलायो ।ट्याक्सिबाट ओर्लिदै ट्याक्सि चलाख लाई धन्यवाद दिए । पैसाको कुरा मसँग भएन पहिले नै फिक्स भएको रहेछ । मलाई कुनै पैसाको समस्या भएन । त्यसपछि अफिस नजिकै जाँदा पहिलोपटक ज्यो मानिस लिन गएको थियोे उहीँ पछि अफिस थियोे । उसले नै मलाई सबै जानकारी गरायो र नेपाली साथीहरू छन माथि तलामा त्यहाँ गएर बस भन्यो त्यसपछि । खुसिको सिमा नै रहेन हुनत नेपाली साथीहरू मेरा लागि नयाँ नै थिए । आफ्नो देशका मानिस भनेपछि चिन्ता मान्नुपर्ने कुरा कारण भएन । भित्र गएर झोला राखे यताउता हेरे तर कुनै साथीहरू थिएनन सबै जना डियुटिमा गएका रहेछन । साँझ सबै साथीहरू आउनु भयो कुराकानी भयो परिचय भयो । त्यसको दुई दिनपछि मात्र मलाई काममा लगायो । अहिलेसम्मा निरन्तर प्रक्रियाम अगाडि बढिरहेको छ ।

 

तर त्यहाँको बिकाश प्रक्रिया र गतिलाई हेर्दा यस्तो लाग्छ कि अझै हामीले गर्न पर्ने धेरै छ हामीले सुरुवात मात्र गरेका छौ । काम गर्न अझै बर्षौ कुर्नुपर्ने हुन्छ ।