सल्यानको वामे सडक खण्डमा बस सञ्चालन

सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन् । बनगाड कुपिन्डे नगरपालिका १ सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका ३ औलबेसी सम्म आज देखि गाडी सन्चालनमा आएको छ ।

 

भेरी राप्ती यातायात व्यवसायी समितिको ना ५ ख ३६३५ को बस आज पहिलो पटक औलबेसीमा आएको हो । बस पहिलो पटक आए संगै त्यहाँका स्थानीय बासीहरुले बसका मालिक, चालक, सह चालकलाई फुलमालाले भव्य स्वागत गरेका छ्न् ।

 

बस सन्चालनमा आए संगै त्यस क्षेत्रका स्थानीय बासि हरु खुसी भएका छन् । सोही सडकमा पहिला २ वटा जिपहरु सन्चालनमा आएका थिए १९ किलोमिटर मोटर बाटोमा बस सन्चालन भए संगै त्यस क्षेत्रका नागरिक बजार बाट आवस्यक पर्ने सामाग्री ल्याउन सजिलो हुने भएको छ ।