हेरेन्डेक मुगुद्वारा दृष्टिविहिनलार्इ सहयोग

 बिगत ९ बर्ष यता सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था मानव अधिकार तथा वातावरण विकास केन्द (हेरेण्डेक) नेपाल मुगु र ब्याक टु लाईफ ई भी जर्मनीको आर्थिक सहयोगमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा काम गर्दै आइरहेको छ ।

यसै अन्तर्गतको नगरपालिका भित्र रहेका महाकाली माध्यमिक विद्यालयमा रहेका सुस्त श्रवण बालबालिकाहरुलाई कपडा २४ जोर, जुत्ता २४ जोर, बाक्लो टाउजर सेट २४ जोर, मोजा ४८ जोर, डेक्ची ठुलो २ वटा, टीभी एल.सी.डी. २४ ईन्चको १वटा , ग्रिन हाउस १, चेसबोर्ड ५ सेट, क्यारेमबोड २ वटा, चप्पल २४ जोर, नाईट सुट २४ जोर, वाटा सिलपटको २ वटा, मिक्चर मेसिन १ वटा, पेटीकोट ११ वटा, खटिया ६ वटा, बेल्ट २४ वटा, कट्टु २४ वटा, पर्दा १२ वटा, ताला २४ वटा, ठुलो चुलो १ वटा, बाकस २४ वटा, तन्ना १० डबल बेडको र ताला २४ वटा दिएको छ ।

 

नेपाल राष्टिय प्रा.वि. चैनमा रहेका दृष्टिबिहिन बालबालिकालाई कपडा १० जोर, जुत्ता १० जोर, चप्पल १० जोर, मोजा २० जोर, डस्ना ५ वटा, फाईबर सिरक ५ वटा, तन्ना ५ वटा, मादल १, पेनड्राइभ १६ जी बीको १ वटा, खैजेडी १ वटा, बाकस १० वटा, ताला १० वटा, चुलो फलामको १ वटा, आवश्यक सामान वितरण गरेको छ ।

हाम्रो अनलाईनसंग कुराकानी गर्दै यस संस्थाका कार्यकम संयोजक नमराज रावतले भने ‘हामीले हाम्रो यो कार्यकम २०११ देखि अहिलेसम्म श्री महाकाली नमुना माध्यमिक बिध्यालयमा रहेका २४ जना सुस्त श्रवण र बाल मन्दिर चैनमा रहेका १० जना दृष्टिबिहिन बिद्यार्थीलाई बिद्यालय ड्रेस, न्यानो कपडा, हाईजेनिङ सामानहरु, टेबुल, बेन्च साथै तिनिहरु बस्ने होस्टेल मर्मत, स्कुल घेरबार र शौचालय निर्माण कार्य लगातार गर्दै आएको र आगामी बर्षमा पनि आवश्यक कामहरु गर्दै जाने भन्नुभयो ।

यस संस्थाबाट सामान बाँड्दै गर्दा हाम्रो अनलाईनलाई जानकारी दिदै त्यस संस्थाका शिक्षा विभाग प्रमुख श्री गोविन्द प्रसाद संज्यालले उल्लेखित समानहरु वितरण गर्न लागेको करिब ६ बर्ष पुगेको र आउँदा दिनमा पनि हामीहरुलाई काम गर्दा सहज वातावरण मिलाई दिनु भएकोमा धन्यबाद दिदै यी सहयोगी हातहरु जारी रहने बताए ।