न मेरो भव्य महल छ………………………….

किरण कालिकोटे

न मेरो भव्य महल छ न गाडी छ ।
र पनि मै सँग खुशीहरुको बाढी छ ।।

 

विस्वास् भाग्यमा गर या कर्ममा,
यही हत्केलामा सिंगो जीन्दगी छ ।

 

एक मन के सोचेर कहाँ कहाँ पुग्छ
लाग्छ एक मन आफैभित्र बन्धकी छ ।

 

मेरा बा जीवनभर काकाकुल बनिरहे
छन त् आँगनमै तीला छ, कर्णाली छ ।

 

के छैन र सबथोक छ हेर त आमा,
बस,मात्र तिमि छैनौ तिम्रै कमि छ ।