यी हुन् सुर्खेतका सम्भावित माओवादी उम्मेद्वार

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा हेरिएको सुर्खेतमा आगामी प्रतिनिधि सभा र प्रदेश शभाको चुनाबको लागि नेकपा माओवादी केन्द्र सुर्खेतमा बहस सुरु भएको छ ।

 

स्थानिय चुनाबमा हार व्यहोरेको माओबादी केन्द्रमा आगामी चुनाबमा सम्भावित राम्रा उम्मेदवार को–को हुन सक्छ भन्ने चर्चा सुरु भएको हो । प्रतिनिधि सभा चुनाबमा २ क्षेत्र र प्रदेश सभाको लागि ४ क्षेत्र विभाजन भएको सुर्खेतमा विभिन्न व्यक्तिहरुको बिषयमा चिया गफ हुने गरेको छ ।

 

माओबादी केन्द्रका सुर्खेत प्रदेश सभाका ४ सम्भावित उम्मेदवारमा अखिल क्रान्तिकारी पुर्बसचिब विन्दमान बिष्ट र चलचित्र बिकाश बोर्डका पुर्ब अध्यक्ष गणेश भण्डारी हुन् । विन्दमान बिष्ट र गणेश भण्डारीले संगै चर्चित सुर्खेत जेलब्रेक गरेका थिए । भण्डारी र बिष्ट माओबादी केन्द्रका चर्चित युवा नेता समेत हुन् ।

 

यस्तै अन्य दुइ क्षेत्रमा जित राना र ठम्मर बिष्ट बलियो सम्भावनाहरु हुन् । ठम्मर बिष्ट दोश्रो संबिधान सभा चुनाबमा पराजित भएका थिए भने जित राना प्रदेश सभा चुनाबको पहिलो अनुभबी उम्मेदार हुनेछन् । यो बाहेक प्रदेश सभा उम्मेदवारको लागि कृष्ण जिसी, गंगाराम तिमिल्सेना, प्रशान्त आरसीको पनि चर्चा चल्ने गरेको छ ।

 

प्रतिनिधि सभा चुनाबको लागि भने नर बहादुर बिष्ट, सिता नेपाली लगायतको बहस सुरु भएको श्रोतले बतायो ।