बामदेवलाई चुनौति दिदै पत्रकार जैसी

मुठ्ठी चुनाव चिन्ह लिएर क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय कार्यालय सदस्य एवं ५ नं. प्रदेश संयोजक समेत रहेका जुझारु युवा नेता लोकराज जैसी प्रतिनिधीसभा सदस्यका लागि बर्दियाको क्षेत्र नं. १ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

 

जैसी बाम गठन्धनका उम्मेदवार तथा एमाले नेता बामदेव गौतम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता संजय गौतमसंग चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
जैसीका प्रतिस्पधी बामदेव पूर्वगृहमन्त्री हुन भने संजय सिचाई मन्त्री रहेका छन । ठूलो पार्टीबाट सरकारमा पुगिसकेका नेताहरुसंग आफुले चुनावी प्रतिस्पर्धा गरि रहँदा प्रतिस्पर्धीहरुको मुटुकाँपेको उनको भनाई छ ।

 

जैसीले भने पटक पटक जनतालाई आस भरोषा र झुट्टो विकासको नारा भजाउँदै सत्ताको स्वाद लिने नेताहरुको बास्तविकता चुनावको क्रान्तिकारी उपयोग मार्फत जनता माझ लिएर गएका छौ । स्थानिय जनताहरुले दलाल संसदीय व्यवस्था र त्यका एजेन्टहरु लाई यस पटक राम्ररी नाङ्गेझार पार्ने छन ।” उनले भने “मुलुकमा गरिखाने श्रमजीवि जनताको लागि परिवर्तन आएको छैन ।

 

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको वास्तविक समस्याको समाधानका लागि नयां जनवादी क्रान्तिको बांकी कार्यभार पूरा गर्दै मुलुकमा जनताको वास्तविक गणतन्त्रको स्थापनाका लागि जाग्नु पर्ने बेला आएको छ । त्यसका लागि वर्तमान दलाल संसदीय व्यवस्था, सत्ता र संविधानलाई ध्वस्त पार्न जरुरी छ, म यो देशको सचेत नागरिकका हिसावले यी तमाम बिषयहरु जनतामा चुनावी सन्देशका रुपमा लिएर गएको छु ।”

 

जैसीको उम्मेदवारीले प्रतिस्पर्धीहरु बीच चुनौती थपिएको स्थानीय पत्रकारहरुको आंकलन छ । आफ्नो उम्मेदवारीले ठूलादलका नेताहरु हैरान परेको र भण्डाफार अभियानले जनताबिच अविस्वास पैदा गरेको उनले दावी गरेका छन । जैसीले भने“दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै जनवादी क्रान्तिको तयारीकालागि जनतालाई संगठित गर्ने उदेश्य अनुसार जीत निश्चीत छ । हामीलाई दशबर्षे जनयुद्धका शहिद,बेपत्ता,अपाङ्ग परिवारका साथै माओवादी नेता कार्यकर्ता र अधिकांश श्रमजीवी बर्गका जनताको अपार मत आउँछ ।”

पार्टी बिभाजनका कारण अहिले जुनसुकै पार्टीमा भएपनि क्रान्तिको अगुवाई गर्ने नेता, बिचार, नीति, सिद्धान्त र जनयुद्धका एजेन्डा क्रान्तिकारी माओवादी पार्टीले बोकेको हुनले यस पटक आफ्नो अमुल्य मतदान मुठ्ठी चिन्हमा गर्ने बिश्वास जनताले घरदैलो कार्यक्रमका क्रममा आफुलाई दिलाएको जैसीले बताएका छन् । आफ्नो जित्ने आधार पार्टीको निती र सिद्धान्त भएको भन्दै जनवादी क्रान्तिका लागि सम्पुर्ण उत्पीडीत बर्ग, समुदाय, लिंग, क्षेत्रका साथै दलाल संसदीय व्यस्थाका कारण हेपिएका आम जनताहरुको आफुलाई समर्थन रहेको दावी गरे ।

 

बामदेवसँग टक्कर गर्ने जैसी को हुन् ।

बर्दियाको हाल ठाकुर बाबा नगरपालिका २ जन्मेका ३१ बर्षे जैसी राष्टिय स्तरमा नाम कहलिएका नेताहरुसंग चुनावी प्रतिस्पर्धा मात्रै होइन चुनौती खडा गर्दैछन । बर्दियामा जन्मेर यही हुर्केका उनी जनतालाई जहिले पनि भ्रमको राजनीति गरेर आफ्नो व्यस्थापन गर्ने भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपार्ने र चुनावको बेला मात्र गाउमा फर्कने नेताहरुका बिरुद्ध व्यापक रुपमा भण्डाफोर गर्ने नीति सहित उम्मेदवारका रुपमा आएको बताउँछन ।

 

पेशाले पत्रकार, अध्ययनका हिसावले कानूनक बिद्यार्थी र निरन्तर समाज सेवामा जोडिएका जैसी मुठ्ठी भरका समान्तबर्गको राज्य व्यस्था पल्टाउनका लागि मुठ्ठी चुनाव चिन्ह लिएर निर्वाचनमा उभिएको बताउन्छन । उनले ग्रमिण विकासमा स्नातक गरेका छन । उनी राजनीति शास्त्रमा स्नाकोत्तर, कानून मा अधिवक्ता, कम्प्यूटरमा डिप्लोमा, र आधारभूत पत्रकारिता बिषयका बिद्यार्थी हुन ।

 

उनले सत्यपत्र दैनिक, रेडियो जनआवाज बांके, नेपाल समाचारपत्र, नेपाली एक्प्रेस राष्ट्रिय दैनिक, दैनिक नेपालगंज, रातोपाटी अनलाईन, खबरडबली अनलाईन, अनुगमन मासिक, हरपल नेपाल डटकम लगायतका दर्जनौ मिडियाहरुमा काम गरी दक्षता हासिल गरेका छन ।