बैतडी प्रहरीले थाल्यो सवारी चेकजाँचमा कडाइ

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार

 जेठ २६ । पछिल्लो समय बैतडीमा सवारी दुर्घटनाका बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ थालेको छ । प्रहरीले बिषेश गरेर राजमार्ग क्षेत्रमा सञ्चालन भइरहेको सवारी साधनहरुले ट्राफिक नियमको पालना गरे नगरेको बारेमा चेकजाँच गर्न थालेको हो ।

 

जिल्लाको दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग क्षेत्रमा चेकजाँचमा कडाई गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिएका छन् । गोठलापानी, खोडपे, पाटन, सतबाँझलगायतका प्रहरी पोष्टहरुलाई चेकचाँजमा कडाइ गर्न निर्देशन दिएको उनले बताएका छन् । यसका साथै ग्रामिण क्षेत्रका सडकहरुमा पनि छड्के चेकजाँज जारी रहेको प्रहरीले जनाएको छ ।

चालक अनुमती पत्र, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कार्वाही गर्न थालिएको जनाएको छ । ट्राफिक नियम उल्लंघनका कारण सवारी दुर्घटना बढेको भन्दै जनगुनासो आएपछी प्रहरीले चेकजाँचमा कडाई थालेको हो । चेकजाँजपश्चात सवारी दुर्घटनाका घटनामा कमि आउने विश्वास गरिएको छ ।