अाेली सरकारले पेट्रोलियम पदार्थमा लगातार पाँचाैपटक मूल्यवृद्धि गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सडक अान्दाेलन गरिरहेकाे छ।

संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ‘महँगीको गोली, किन हान्छौ ओली?’ लेखेको प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेको छ।

नेविसंघका सभापति नैनसिंह महरको समूहले विश्वभाषा क्याम्पसबाट निकालेको विरोध र्‍याली पुतलीसडक, बागबजार हुँदै प्रदर्शनीमार्गमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेताहरुले समृद्धिको नारा दिने ओली सरकारले पटकपटक मूल्यवृद्धिको भार थोपरिरहेको बताए। मूल्यवृद्धिको आन्दोलन पहिलो चरणको भएको बताउँदै विद्यार्थी नेताहरुले आन्दोलनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताए।

यसअघि शनिबार साँझ नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले पनि इन्धनको मूल्यवृद्धिको विरोधमा राजधानीमा मसाल जुलुस निकालेको थियो।

ओली सरकार बनिसकेपछि पेट्रोल, डिजल र मट्टितेलको मूल्य ५ पटक बढिसकेको छ।