सर्वाेदय माध्यमिक विद्यालयका छात्राहरूमा अायाे अनौठो व्यवहार, अनाैठाे व्यवहारका कारण विद्यायल नै बन्द

मुगु। मुगुको विकट क्षेत्रमा रहेको सदरमुकाम गमगढी २ दिन टाढा पश्चिममा भेग खत्याड गाँउपालिकामा रहेको एक माद्यामिक विद्यालयमा अध्यनरत छात्राहरुमा अनौठो व्यवहार देखाउने गरेको लक्ष्ण नरोकिदा पढाई प्रभावित भएका छन् ।

खत्याड गाँउपालिका ८ सुकाढिकमा रहेको सर्वोदय माध्यामिक विद्यालयमा कक्षा ३ देखि १० सम्म अध्यनरत छात्राहरुमा फरक अनैठो व्यवहार गर्ने लक्षण देखा परेसंगै विद्यालयको पठनपाठन प्रभावित भएको हो ।

विद्यालयका शिक्षक धनलाल वि.कका अनुसार १ महिना यताबाट छात्राहरुमा यस्तो फरक अनैठो व्यावहार देखा परेका बताएका छन् । विद्यालयमा अध्यन गर्न आएका छात्राहरुमा विद्यालयको तेस्रो, चौथो घण्टीपछि कापने, कराउने, रुने, हाँस्ने साथीलाई तान्ने, गुहार गुहार भन्ने जस्ता व्यवहार देखाउने परेपछि विद्यालयका पठनपाठन नै प्रभावित भएको विद्यालयले जनाएको छ ।

एक महिना यताबाट विद्यालयमा छात्राहरुमा यस्तो लक्षण देखिन थालेपछि गाँउलेहरु भेला भएर धमेला देबीदेउताको पूजा गर्न थालेका छन  । धमेलोमा देबिदेउता मक्ष्टो र धलपुरो देउतालाई देखाउदा गाँउ वरपर रहेका भुतपे्रत लागेको र आफुहरुले हटाई दिने भनेका थिए तर लामो समय भैसक्दा पनि नहटेपछि गाँउ मै रहेको कनन्दा माईको मन्दिरमा बली दिएपनि नियन्त्रण नभएको शिक्षक विकको भनाई छ ।

दिउसो गर्मीका कारणले यस्तो भएको हुनसक्ने अनुमान विद्यालय परिवारले लगाएर जेष्ट २१ गतेबाट विहानी कक्षा सन्चालन गर्दा पनि नियन्त्रण हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ  ।

विद्यालयमा छात्राहरु शुरुमा निदाउने क्रमश काफने, रुने, कराउने, हाँस्ने र साथीहरुकोलाई तान्ने जस्ता व्यवहार गर्दा विद्यालयको अध्यन–अध्यापनमा बाधा हुने गरेको छ । यस्तो लक्षण बढीमा एक घण्टासम्म रहिरहने पछि क्रमश सामान्य हुने गरेका छन् । सामन्य भएसंगै पहिलेकै अवस्थामा छात्राहरु फर्कने गरेका छन । पुरानै अवस्थामा फर्केपछि छात्राहरुलाई सोध्दा आफुहरुलाई कुनै थाहा नभएको बताउने गरेका छन ।

लामो समय भैसक्दापनि नियन्त्रणमा नआएपछि विद्यालयले आवश्यक पहलका लागि स्थानिय खत्याड गाँउपालिकामा पत्र पठाएको भएपनि गाँउपालिकाबाट कुनै पहल भएको छैन ।

दैनिक रुपमा १२ देखि १५ जना छात्राहरुमा यस्तो व्यवहार देखिने गरेको विद्यालयले जनाएकोछ ।  विद्यालयमा पढ्न छिमेकी जिल्ला बाजुराका हिमाली गाँउपालिका वडा नं ६, स्वामीकात्ति गाँउपालिका वडा नं ५ मिगु गाँउबाट समेत आउने भएकाले अहिले अविभावकहरु उक्त विद्यालयमा आफ्ना छोरीहरुलाई अध्यन गर्न नपठाउने मनस्थिती बनाईएको स्थानीयको भनाई छ ।

यता चिकित्सकले भने उनीहरुको उपचारका लागि पहल गरिनुपर्ने बताएका छन् । चिकित्सकका अनुसार उनीहरुलाई मास हिस्टेरिया लागेको हुनसक्ने र उनीहरुको स्वास्थ्य परिक्षण गरी उपचार गरिनुपर्ने बताएका छन् । मास हिस्टेरियाले पनि यस्तै लक्षण देखा पर्ने चिकित्सकको भनाई छ ।