दुर्गम गाउँमा सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिका र वडा कार्यलयमा सिसिटिभी क्यामेर जडान

बझाङ, असार ८ । सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिका र वडा कार्यलयमा सिसिटिभी क्यामेर जडा गरीएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिकाले गाँउपालिका र वा नम्बर २ को कार्यालयमा सिसि टिभी जडान गरेको हो ।

उक्त प्रविधि अब सबै वडाहरुमा विस्तार गरिने गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताएका छन् । लेखा, प्रशासान, सूचना प्रविधि शाखा, सबै विषयगत शाखा र गाउँपालिका कार्यालय परिषरको वरिपरि समेत निगरानी गर्ने गरी गाउँपालिकामा ८ वटा सिसि क्यामेराहरु जडान गरिएको छ । अध्यक्षको कार्यकक्षबाट सिसिटिभी निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै छविसपाथिभेरा गाउँपालिका वडा नं. २ को कार्यालयमा समेत ४ वटा सिसि क्यामेर जडान गरिएका छन् । एउटा बाहिर, एउटा सचिवको कार्यकक्षमा, एउटा स्टोरमा र एउटा आफ्नो कार्यकक्षमा जडान गरिएको वडाअध्यक्ष विकास अयडीले बताएका छन् । उक्त सिसिटीभीको निगरानी आफ्नो कार्यकक्षबाट गर्न सकिने अयडीको भनाइ छ ।

आफू कार्यलयमा नभएको समयमा समेत सिसिटीभीबाट रेखदेख गर्न सकिने उनले जानकारी दिएका छन् । एउटा मोबाइल एफ्स बनाएर ईन्टरनेटको पुहँचमा हुँदा कर्मचारीको निगरानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष धामीले बताएका छन् । यस्तो गर्दा सेवा थप प्रभावकारी हुने उनको भनाइ छ ।

सिसिटीभी जडान गरेपनि कर्मचारी तथा जनप्रतिनिधिहरुको सेवाको गुणस्तरमा सुधार आएको गाउँपालिका अध्यक्ष धामीले बताएका छन् । झण्डै ६० हजारको लागतमा सिसिटिभी क्यामेरा जडान गरिएको र यसको प्रभावकारीता राम्रो भएकोले गाउँपालिका भित्रका अन्य कार्यालयमा पनि यसको विस्तार गरिने अध्यक्षको भनाइ छ ।