पूर्व माअाेवादीका युवा नेता तथा नेकपाका नेता शाक्यले पार्टी परित्याग

 

१३ असार,काठमाडौं । पूर्व माओवादी केन्द्रका युवा नेता हितमान शाक्यले पार्टी छोडेको घोषणा गरेका छन् । उनी केन्द्रीय समितिमा छन् । शाक्य निकट नेताहरुका अनुसार पार्टी अध्यक्ष दाहालले भेट नदिएपछि पार्टी छोडेको अनौपचारिक रुपमा पार्टी परित्याग गरेका छन् ।

नेता शाक्य माकेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको समायोजन छलफलमा समेत अनुपस्थित हुन थालेका छन् । सोमबार बसेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठकमै शाक्य अनुपस्थित भए ।

विद्यार्थी संगठन एकताको लागि दुबै पार्टीका फ्र्याक्सनसँगै विद्यार्थी अध्यक्षसहितको कार्यदल गठन गरिएको छ । पहिलो बैठकमा एमालेबाट रविन्द्र अधिकारी र नविना लामा उपस्थित थिए भने माकेबाट रञ्जित तामाङ मात्रै । बैठक विना छलफलनै सकिएको थियो । बैठकले अर्को नेता पठाउने पत्र लेख्ने निर्णय गरेको बताइएको छ ।

तत्कालिन नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष समेत रहेका नेता शाक्यले एकता पहिले माकेको तीन नम्बरको जिम्मेवारी पाएका थिए । उनलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो । तर, उनले बस्न अस्वीकार गरेपछि अर्का नेता अग्नि सापकोटालाई राखिएको छ ।

क्रान्तिकारी माओवादीबाट रामबहादुर थापासँगै माकेका फर्केका नेता शाक्य एकीकृत पार्टीको स्थायी समितिमा नपरेपछि असन्तुष्ट बनेका थिए ।

शाक्यले वैद्य माओवादीका केही नेताहरुसँग छलफल गरेको बताइएको छ । उक्त छलफललाई क्रान्तिकारी माओवादीमै फर्कने तयारीको रुपमा पनि हेरिएको छ । शान्ति प्रक्रियापछि लगातार काठमाडौँ उपत्यकाको जिम्मेवारी पूरा गर्दै अाएका थिए ।

पार्टी एकता प्रक्रिया पूरा हुन नपाउँदै क्रमिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले पार्टी छोड्न थालेका छन् । एकतामा एमाले नेताहरु उत्साहित भएपनि पूर्व मामाओवादी केन्द्रका धेरै नेताहरु असन्तुष्ट छन् । केन्द्रीय नेतादेखि जिल्ला तहसम्म पूर्वमाओवादी केन्द्रका नेताहरुमा असन्तुष्टि बढ्दै गएको छ ।

 

माओवादी केन्द्र हुँदा कमिटी ठूलो बनाइको हुँदा धेरै नेताहरु अटाएका थिए भने एकतापछि उनीहरुले अपेक्षा गरेको स्थायी, केन्द्रीय समितिमा धेरै नेताहरु अटाएनन् । त्यसैले धेरै नेताहरुले एकताप्रति असहमति जनाउँदै पार्टी परित्याग गरिहेका छन् ।