प्रधानमन्त्री अोलिले पिउने पानीको मूल्य प्रती बाेतल १५ हजार पर्छ भने एक दिनमा चार बाेतल पानी पिउछन्

                         

 

  काठमाडौँ असार २७। प्रधानमन्त्री केपि ओलिले पिउने पानी प्रतिबोतल रु. १५ हजार तिर्ने गरेको खुलासा भएको छ । जापानमा बनेको पानी जसले किडनी सफा गर्न मदत गर्ने भएकाले उनले उक्त पानी पिउने कुरा एक पत्रिकाले छापेपछी सामाजिक संजालमा व्यापक चर्चाको बिषय बनेको छ । जापानमा बनेको पानी जसले किडनी सफा गर्न मदत गर्ने भएकाले उनले उक्त पानी पिउने कुरा खुलेको हो ।

 

 

पत्रिकामा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री केपी ओलीले दिनको ४ बोतल पिउने गर्छन र दिनको ६० हजारको दरले मासिक १८ लाखगरि बर्षभरी पानी पिउने खर्च २ करोड १६ लाख खर्च हुने तथ्यांक निकालेको छ । उक्त पानी राज्यकोषबाट पिउने गरेको दाबि समेत गरेको छ ।

देश गरिब छ तर मन्त्रीहरु सारै धनी भइसके, यसको प्रत्यक्ष असर नागरिकलाई परेको छ । यति सम्म कि एक बोतल पानीको १५ हजार तिरेर पानी पिउन सक्ने गरिब देसका प्रधानमन्त्रीको देशमा लाखौ युवाहरु बेरोजगार छन् ।

 

सोच्नै पर्ने कुरा के छ भने, एक बोतल पानीको १५ हजार राज्यको ढुकुटीबाट तिर्दा ४ जना युवाहरुको एक महिनाको तलव एकैदिन स्वाहा हुन्छ, अनि सरकार टाट नपल्टेर के हुन्छ ?

 

युवाहरु बेरोजगार नभएर के हुन्छन ? वार्षिक २ करोड १६ लाखको पानी मात्र पिउने प्रधानमन्त्री गत २०७४ साल फाल्गुन ३ गते देखि प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन् । त्यस अर्थमा अहिले सम्म ९० लाखको पानी पिइसकेका रहेछन ।

 

जनताको पेट खान नपाएर भोकै हुँदा पेट दुख्छ, तर नेताको धेरै खाएर पेट दुख्छ। अब आफै भन्नुस यो देश यिनै प्रधानमन्त्रीले बनाउलान ? अनि होला त देशको बिकास ?

 

बार्सिक २ करोड १६ लाखको पानी मात्र पिउने प्रधानमन्त्रीको सानोतिनो स्वास्थ उपचार पनि बिदेशमा हुने गरेको छ। झन्डै १२ वर्षदेखी प्रधानमन्त्री केपि ओलिले किडनिको उपचार गर्दै आएको समाचार स्रोतले बताएको छ।